
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
प्रनिश गिरी,कुश्मा। पर्वतको प्रादेशिक अस्पताल कुश्मामा अत्याधुनिक सुविधा सहितको पोस्टमार्टम गृह निर्माण हुने भएको छ। वर्षौं पहिले निर्माण भएको पारम्परिक पोस्टमार्टम गृह जीर्ण भएपछि अस्पतालले आधुनिक प्रविधि र सुविधा सहितको पोस्टमार्टम गृह निर्माण गर्ने भएको हो।
पोस्टमार्टम गृह निर्माणको कुल लागत ५७ लाख रुपियाँ रहेको छ। यसमा गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले ४० लाख रुपियाँ सहयोग गरेको छ भने अस्पताल व्यवस्थापन समितिले १७ लाख उपलब्ध गराउने छ। मानिसको बाक्लो बस्ती रहेसँगै जीर्ण बनेको पोस्टमार्टम गृहलाई स्थानीय बासिन्दाले व्यवस्थित बनाउन आग्रह गर्दै आएका थिए।
पोस्टमार्टम गृह पुरानो भएको र आधुनिक मर्चरी च्याम्बर नहुँदा शवलाई केही समय बढी राख्दा दुर्गन्ध फैलिएको स्थानीयवासीले गुनासो गर्दै आएका छन्। अस्पतालको निमित्त प्रमुख डाक्टर मिलन अवालेले पोस्टमार्टम जीर्ण र साँगुरो हुँदा काम गर्न पनि कठिनाइ भएको बताउनुभयो।
स्थानीयवासीको माग र अस्पतालको आवश्यकता अनुसार अत्याधुनिक पोस्टमार्टम गृहको निर्माण हुन लागेको बताउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले बताउनुभयो। अत्याधुनिक पोस्टमार्टम गृहले वैज्ञानिक अनुसन्धान, कानुनी प्रक्रिया तथा चिकित्सा अध्ययनलाई प्रभावकारी बनाउने कार्य गर्छ।
अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदीका अनुसार अस्पतालमा पोस्टमार्टमका लागि ल्याइने शवको सङ्ख्या बसेर्नी बढ्दो रहेको छ। गत वर्ष ६२ वटा शव पोस्टमार्टमका लागि ल्याइएको थियो।
पोस्टमार्टम भवनको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माकी प्रमुख राधिका दिदी, मुश्लिम समाज पर्वतका अध्यक्ष जलालुदिन मिया र स्थानीय सामाजिक अगुवा देवीप्रसाद विलासीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया