
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। यही फागुन २४ गते मनाउन लागिएको एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरूको बिचमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
कुश्माको कृष्ण गण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ शीर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो । यस्ता प्रतियोगिताहरू विद्यालयमा धेरै नै हुने गरेकोले केही फरक गर्नका लागि प्रौढ महिलाहरूको बिचमा प्रतियोगिताको आयोजना गरिएको सिकाइ केन्द्रका अध्यक्ष एकनारायण चालिसेले बताए ।
प्रतियोगितामा धौलागिरि आमा समूहकी सविता लामिछाने प्रथम, दक्षिणकाली आमा समूहकी महाकाली अधिकारी पौडेल द्वितीय, सहनशीलता महिला विकास समूहकी स्वेच्छा आचार्य तृतीय र इनरह्वील क्लब अफ पर्वतकी मिना जोशी सान्त्वना स्थानमा आएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । यो पुरस्कार दिवसको अवसरमा आयोजना मूल समारोहमा प्रदान गर्ने तय भएको छ ।
सो अवसरमा बोल्दै उनले महिला र बालबालिका कुनै पनि समाजका आधार स्तम्भ भएकोले उनीहरूको सशक्तीकरण बिना समाजको प्रगति अपूर्ण रहने बताए । तर, आज पनि संसारभरि धेरै महिला तथा बालबालिका आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु दुःखद रहेको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रियामा सहभागिता जस्ता महत्त्वपूर्ण क्षेत्रमा उनीहरूलाई पछि पारिँदा राज्य नै कमजोर हुने भएकोले महिला तथा बालबालिकाका लागि समान अवसर सिर्जना गर्नुपर्ने शाखा प्रमुख तिवारीले बताए ।
सिकाइ केन्द्रका अध्यक्ष एकनारायण चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रकी कोषाध्यक्ष गङ्गा शर्माले गरेकी थिइन् । उक्त प्रतियोगिताको निर्णायकको रूपमा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, केन्द्रका सल्लाहकार सदस्य तथा साहित्यकार राजेन्द्र पहाडी र नारायण माध्यमिक विद्यालय कुश्माका पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्मा रहेका थिए । प्रतियोगितामा १० जना महिलाहरूले प्रतिस्पर्धा गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया