
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। यही फागुन २४ गते मनाउन लागिएको एक सय पन्ध्रौँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरूको बिचमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
कुश्माको कृष्ण गण्डकी सामुदायिक सिकाइ केन्द्रको आयोजनामा ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ शीर्षकमा प्रतियोगिताको आयोजना गरिएको हो । यस्ता प्रतियोगिताहरू विद्यालयमा धेरै नै हुने गरेकोले केही फरक गर्नका लागि प्रौढ महिलाहरूको बिचमा प्रतियोगिताको आयोजना गरिएको सिकाइ केन्द्रका अध्यक्ष एकनारायण चालिसेले बताए ।
प्रतियोगितामा धौलागिरि आमा समूहकी सविता लामिछाने प्रथम, दक्षिणकाली आमा समूहकी महाकाली अधिकारी पौडेल द्वितीय, सहनशीलता महिला विकास समूहकी स्वेच्छा आचार्य तृतीय र इनरह्वील क्लब अफ पर्वतकी मिना जोशी सान्त्वना स्थानमा आएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रुपैयाँ सहित प्रमाणपत्र पाउने छन् । यो पुरस्कार दिवसको अवसरमा आयोजना मूल समारोहमा प्रदान गर्ने तय भएको छ ।
सो अवसरमा बोल्दै उनले महिला र बालबालिका कुनै पनि समाजका आधार स्तम्भ भएकोले उनीहरूको सशक्तीकरण बिना समाजको प्रगति अपूर्ण रहने बताए । तर, आज पनि संसारभरि धेरै महिला तथा बालबालिका आफ्नो आधारभूत अधिकारबाट वञ्चित हुनु दुःखद रहेको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रियामा सहभागिता जस्ता महत्त्वपूर्ण क्षेत्रमा उनीहरूलाई पछि पारिँदा राज्य नै कमजोर हुने भएकोले महिला तथा बालबालिकाका लागि समान अवसर सिर्जना गर्नुपर्ने शाखा प्रमुख तिवारीले बताए ।
सिकाइ केन्द्रका अध्यक्ष एकनारायण चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रकी कोषाध्यक्ष गङ्गा शर्माले गरेकी थिइन् । उक्त प्रतियोगिताको निर्णायकको रूपमा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी, केन्द्रका सल्लाहकार सदस्य तथा साहित्यकार राजेन्द्र पहाडी र नारायण माध्यमिक विद्यालय कुश्माका पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्मा रहेका थिए । प्रतियोगितामा १० जना महिलाहरूले प्रतिस्पर्धा गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया