
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत। करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ ।
गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले आठ किलोमिटर लामो समूह दौडमा कांस्य पदक जितेका थिए । कुश्मा नगरपालिका–४ घर भई कुश्माकै विद्यालयमा अध्ययन गरेका परियारले अन्तर्राष्ट्रिय खेलबाट देशलाई पदक जिताउन सफल भएको तथा कुश्मा नगरपालिकाको गौरवको रूपमा समेत रहेकाले सम्मान गरिएको हो ।
परियारलाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, विभिन्न वडाका वडाध्यक्षहरू, सहित नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरू र जनप्रतिनिधिहरूले संयुक्त रूपमा बधाई व्यक्त गर्दै सम्मान गरेका हुन् ।
उनलाई सम्मान गर्दै नगरप्रमुख जोशीले कुश्मामा आयोजना हुने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सधैँ स्वर्ण पदक जित्ने गरेका कृष्णको जीवन उज्यालो रहेको बताए । निरन्तर अभ्यासका कारण नै उनले देशका लागि कांस्य पदक जित्नु सक्नु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा पनि उनको खेल जीवनको प्रबद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले कृष्ण प्रतिस्पर्धामा सहभागी हुन जाने बेलामा पनि नगरपालिकाले आवश्यक समन्वय गरेको बताउँदै आगामी दिनमा पनि कुश्माको खेलाडीको उत्थानका लागि सहकार्य गर्ने बताए । कुश्मामा आयोजना हुने गरेका सानादेखि ठुला प्रतियोगिताहरूले यस्तै खेलाडीहरूको उत्पादनमा सहयोग पुग्ने भन्दै अधिकृत पौडेलले विद्यालयहरूले खेललाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
नगरपालिकाको सम्मान ग्रहण गर्दै खेलाडी परियारले आफूले गण्डकी प्रदेश स्तरको खेलमा सधैँ स्वर्ण पदक जित्ने गरेको बताउँदै राष्ट्रिय पदकविहीन रहेको बेलामा सोझै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पदक जित्न सक्नु आफ्नो लागि खुसीको कुरा भएको बताएका छन् ।
पदक विजेता परियारले २०७५ सालदेखि नै कुश्मा नगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्डमा तीन हजार मिटर र १५ सय मिटरको लामो दौडमा स्वर्ण पदक जित्दै आएका खेलाडी हुन् । सुरुमा कुश्माको नारायण माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले एस.ई.ई. भने कालीगण्डकी एकेडेमीबाट गरेका थिए । हाल उनी पोखरा स्थित कालिका माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया