
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पर्वत। करिब दुई हप्ता अगाडि पाकिस्तानमा सम्पन्न भएको क्रस कन्ट्री च्याम्पियनसिपमा कांस्य पदक जितेका कुश्माका कृष्ण बहादुर परियारलाई कुश्मा नगरपालिकाले बधाई व्यक्त गर्दै सम्मान गरेको छ ।
गत फागुनको नौ गतेदेखि १२ गतेसम्म पाकिस्तानको इस्लामावादमा सात राष्ट्रहरू सहभागी भएको एथ्लेटीक्समा परियारले आठ किलोमिटर लामो समूह दौडमा कांस्य पदक जितेका थिए । कुश्मा नगरपालिका–४ घर भई कुश्माकै विद्यालयमा अध्ययन गरेका परियारले अन्तर्राष्ट्रिय खेलबाट देशलाई पदक जिताउन सफल भएको तथा कुश्मा नगरपालिकाको गौरवको रूपमा समेत रहेकाले सम्मान गरिएको हो ।
परियारलाई कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, विभिन्न वडाका वडाध्यक्षहरू, सहित नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरू र जनप्रतिनिधिहरूले संयुक्त रूपमा बधाई व्यक्त गर्दै सम्मान गरेका हुन् ।
उनलाई सम्मान गर्दै नगरप्रमुख जोशीले कुश्मामा आयोजना हुने गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सधैँ स्वर्ण पदक जित्ने गरेका कृष्णको जीवन उज्यालो रहेको बताए । निरन्तर अभ्यासका कारण नै उनले देशका लागि कांस्य पदक जित्नु सक्नु खुसीको कुरा भएको बताउँदै आगामी दिनमा पनि उनको खेल जीवनको प्रबद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत पौडेलले कृष्ण प्रतिस्पर्धामा सहभागी हुन जाने बेलामा पनि नगरपालिकाले आवश्यक समन्वय गरेको बताउँदै आगामी दिनमा पनि कुश्माको खेलाडीको उत्थानका लागि सहकार्य गर्ने बताए । कुश्मामा आयोजना हुने गरेका सानादेखि ठुला प्रतियोगिताहरूले यस्तै खेलाडीहरूको उत्पादनमा सहयोग पुग्ने भन्दै अधिकृत पौडेलले विद्यालयहरूले खेललाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
नगरपालिकाको सम्मान ग्रहण गर्दै खेलाडी परियारले आफूले गण्डकी प्रदेश स्तरको खेलमा सधैँ स्वर्ण पदक जित्ने गरेको बताउँदै राष्ट्रिय पदकविहीन रहेको बेलामा सोझै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको पदक जित्न सक्नु आफ्नो लागि खुसीको कुरा भएको बताएका छन् ।
पदक विजेता परियारले २०७५ सालदेखि नै कुश्मा नगरपालिकाबाट राष्ट्रपति रनिङ शिल्डमा तीन हजार मिटर र १५ सय मिटरको लामो दौडमा स्वर्ण पदक जित्दै आएका खेलाडी हुन् । सुरुमा कुश्माको नारायण माध्यमिक विद्यालयमा अध्ययन गरेका उनले एस.ई.ई. भने कालीगण्डकी एकेडेमीबाट गरेका थिए । हाल उनी पोखरा स्थित कालिका माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया