
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा कुश्मा नगरपालिकाले विद्यार्थीहरु माझ लागू पदार्थ दुब्यर्सनी न्यूनिकरण कार्यक्रम सञ्चालन शुरु गरेको छ । नगरभित्रका बजार क्षेत्रहरुमा लागू पदार्थ दुब्र्यसनीको संख्या बढ्दै गएपछि नगरपालिकाले यसको रोकथामका लागि अभियान सञ्चालन गरेको हो ।
नगरपालिकाले कुश्मा बजारका विभिन्न विद्यालयहरुमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी लागू पदार्थ दुब्र्यसनी न्यूनिकरणका लागि अभिमुखीकरण कार्यक्रमको शुरुवात गरेको हो । अभियान अन्तर्गत विहिबार सदरमुकाम स्थित शिवालय माध्यमिक विद्यालय र नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रमको सञ्चालन गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक निरबहादुर बाँनियाले सहजीकरण गरेका थिए । बाँनियाले विद्यार्थीहरुलाई लागू पदार्थ दुब्यर्सनी नलाग्न अनुरोध गर्दै लागू पदार्थ दुब्र्यसनीले स्वास्थ्यमा पार्ने प्रभावका विषयमा विषयकेन्द्रित छलफल सञ्चालन गरेका थिए ।
शिवालय माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा नगर शिक्षा अधिकृत दिपक सुवेदीले विद्यार्थीहरु नै लागू पदार्थ दुब्यर्सनीमा फस्दै जाँदा त्यसले समग्र क्षेत्रमा असर गर्ने धारणा राखे । नारायण माविमा सञ्चालीत कार्यक्रममा विद्यालयका प्रअ प्रकाश रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सोहि अवसरमा शिक्षा अधिकृत सुवेदीले पछिल्लो समय किशोरावस्थाको उमेर देखि नै लागू पदार्थ दुब्र्यसनमा विद्यार्थीहरु लाग्ने गरेको भन्दै यस्तो कुलत कार्यमा नलाग्न विद्यार्थीहरुलाई आग्रह गरे । पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारीले विद्यार्थीहरु देशको भविश्य भएकाले कुलत कार्यमा नलाग्न आग्रह गरेका थिए । अभिमुखीकरण कार्यक्रमको सञ्चालन पत्रकार गणेश गिरीले गरेका थिए ।
नगरपालिका नगर भित्रका विभिन्न विद्यालयलाई केन्द्रित गरी लागू पदार्थ दुब्यर्सन न्यूनिकरण सम्बन्धि कार्यक्रम सञ्चालन गरीरहेको छ । विद्यालय केन्द्रित अभियानबाट विद्यार्थीहरुमा सचेतना अभिबृद्धि हुने नगर प्रमुख रामचन्द्र जोशीले विश्वास ब्यक्त गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले कलिलो उमेरमा लागू पदार्थ दुब्यर्सनीमा फस्दै जाँदा त्यसले ब्यक्तिको भविश्व अध्यारो हुने भन्दै यस्ता कुलत कार्यमा लाग्नबाट रोक्ने विद्यार्थी स्वयम्, अभिभावक र शिक्षक समेत सचेत रहनुपर्ने धारणा राख्छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया