
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
लेखनाथ । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सि ले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सि ले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि त्यसपछि थपिएको अतिरिक्त १ मिनेटको समयमा जर्सि नं. ५५ का लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै जर्सि नं. ७३ का विनम गुरुङले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यहि १ मात्र गोल नै मिक्कीका लागी उपधि जित्न निर्णायक बनेको हो ।
खेलको दोश्रो हाफपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन । विनोद मेमोरियलका जर्सि नं. ६६ का विकास परियारले उपलब्ध गराएको पासलाई जर्सि नं ५ का अनुज भण्डारीले हेड गर्दै गरेको प्रयास गोल पोष्टको बारमा लागेर फर्किएको थियो ।
खेलको ३६ औं मिनेटमा विनोद मेमोरियलका अनुज भण्डारीलाई डबल ट्याकल गर्दै फल गरेपछि मिक्किी एफ सि को तर्फबाट १ मात्र गोल गर्न सफल विनम गुरुङ रेड कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । त्यसपछि मिक्की एफ सि कमजोर अवस्थामा पुगेपनि बराबरी गर्नुपर्ने दवावमा रहेको मेमोरियलले कुनै गोल गर्न नसक्दा उप–विजेतामा चित्त बुझाउनुपरेको छ । विनोद मेमोरियलले उप–विजेताको उपाधिसँगै नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसअघि सेमिफाईनलमा एन के क्लवलाई २–० को अन्तरले पराजित गर्दै मिक्की एफ सि ले फाईनलको यात्रा तय गरेको थियो भने विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को गोल अन्तरले पराजित गर्दै मिक्की एफ सि सँगको भेट पक्का गरेको थियो ।
प्रतियोगितामा एन के क्लवले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ भने मिक्की एफ सि का अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन । उनीहरुले उपाधिसँगै जनही रु ५÷५ हजार प्राप्त गर्न सफल भएका छन ।
फाईनल खेल शुरु हुनु अघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकिय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको आफुले पाएको वताउँदै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्ने र यसबाट राम्रा खेलाडीहरु उत्पादन गर्न सकिने वताउँदै उनीहरुलाई राष्ट्रिय स्तरमा अगाडी वढाउन आफ्नो तर्फबाट पहल र प्रयास हुने वताएका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया