
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ ।
अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताउनुभयो ।
‘गण्डकी प्रदेशलाई हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ गण्डकी प्रदेशमा अवस्थित छन् । मनोरम माछापुच्छ«े, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलालाई ऐना बनाएर खेल खेल्नका लागि विदेशबाट खेलाडीहरु यहाँ ल्याउन सकिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
गण्डकी प्रदेश सरकार, संघ सरकार र स्थानीय तहहरुले पनि धेरैअघिदेखि केही प्रयास गरेको पाएको बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा मनाङको तिमाङमा ‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण, मुस्ताङको लोमाञ्थाङमा विश्वकै अग्लो गल्फ कोर्स निर्माण, गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्रमा हाई अल्टिच्युड खेल मैदान तथा ट्रेनिङ सेन्टर निर्माण प्रक्रिया अघि बढाउनु सकारात्मक पक्ष रहेको बताउनुभयो ।
पर्वतीय तथा उच्च हिमाली क्षेत्रमा खेलिने खेललाई आवश्यक मैदान तथा भौतिक पूर्वाधारको अभाव, जनशक्ति अभाव तथा समुदायबाट टाढा रहेर खेल्नुपर्ने जस्ता समस्याहरु भोग्नुपर्ने भएकाले राज्यले अब खेल पर्यटनलाई बढावा दिई यस्ता सम्भावना युक्त क्षेत्रहरुमा लगानी बढाउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
‘आवश्यक पूर्वाधारहरुको विकास गर्दै खेलकुद मार्फत पर्यटक आकर्षित गरेर राष्ट्रिय आम्दानी बढाउन सकिनेछ ।’ उहाँले भन्नुभयो – ‘यसै आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी खेलकुद परिषद्को स्वीकृतिमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना भएकोमा खुशी लागेको छ ।
साहसिक, पर्वतीय, हिमाली, उच्च हिमाली, अल्पाइन तथा हिउँजन्य खेलमार्फत् पर्यटन प्रवद्र्धन, आर्थिक उन्नति तथा खेल क्षेत्रको विकासमा योगदान पु¥याउन विशेष खेलसंघको रुपमा अल्पाइन स्पोर्टस् फेडेरेशन, गण्डकी प्रदेश स्थापना गरिएकोमा उहाँले प्रगतिको कामना पनि गर्नुभयो ।
फेडेरेशनले अल्पाइन तथा पर्वतीय, साहसिक खेलहरु आयोजना, यससँग सम्बन्धित सीपमुलक तालिम सञ्चालन, ट्रेकिङ गाइड, वाल क्लाइम्बिङ साथै हिउँसँग सम्बन्धित सीपमूलक र प्रवद्र्धनात्मक कार्यहरु, उद्धार सेन्टर, अल्टिच्युड सम्बन्धी तालिम तथा भौतिक पूर्वाधार निर्माण एवं समन्वय लगायतका योजनाहरु राखेकोमा उद्देश्यप्राप्तिको लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया