
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँच युक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
सञ्चारिका समुह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजित अपाङ्गता भएका महिलाका सवाल र मिडियाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारमाध्यमले अपाङ्गता सम्बन्धि कुनै पनि समाग्री प्रशारण गर्ने क्रममा संवेदनशिल हुनुुपर्ने बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा कार्यालयका कार्यालय प्रमुख नितु गर्तौलाले अपाङगता भएका महिलाका सवाल निति निर्माण देखि लिएर समाजका हरेक व्यक्तसँग जोडिएको विषय भएकोले यसलाई अभियानको रुपमा लैजानुपर्न बताउनुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले अपाङ्गता जसलाई पनि हुनसक्ने भएकोले अपाङ्गता भएका सबैलाई सकारात्मक व्यवहार गर्नुपर्ने बताउदै त्यसको लागि सबैले आफ्नो सोचमा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
समाजशास्त्री शान्ति भुषालले अन्तराष्ट्रिय महिला दिवसको महत्व, पृष्ठभूमि र इतिहासको बारेमा सहजीकरण गर्दै महिलाहरुको अथक प्रयास र योगदानले आज यो दिवस मनाउने वातावरण सृजना भएको बताउनुभयो । उहाँले श्रमिक महिलाको आन्दोलनका कारण आज ८ मार्चको महत्व बढेर गएको बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समुह गण्डकी प्रदेशका कविता श्रेष्ठले अपाङ्गता भएका महिला र मिडियाको भूमिका विषयमा सहजीकरण गर्दै अपाङ्गताका सवालमा समाचार संप्रेषण गर्दा सञ्चारमाध्यमलाई संवेदनशिल हुन आग्रह गर्नुभयो ।
अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीले अपाङ्गताका अधिकार सुनिश्चितताका लागि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी प्रावधानको बारेमा जानकारी गराउँदै आफ्नो हकको लागि आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, कास्कीका उपाध्यक्ष कञ्चन थापा कोइराला र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका उपाध्यक्ष उमा आलेमगरको सहभागीता रहेको थियो ।
अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीका अध्यक्ष अञ्जना केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी र अपाङ्गता भएका महिला गरि करिब ५० जनाको सहभागीता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया