
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
पर्वत । वन डढेलो तथा आगलागीका घटना नियन्त्रण गर्न पूर्व तयारी अन्तर्गत आइतवार पर्वत सदरमुकाम कुश्माबजारमा नमुना अभ्यास गरिएको छ ।सशसस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वाटर चण्डिका पर्वतले आगालागीजन्य विपवाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी तत्काल खोज तथा उद्धार गर्ने उद्धेश्यले नमुना अभ्यास गरेको हो ।
गर्मि यामको समयमा हुने आगलागीको घटनामा आधारित रहि सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा आगलागी सम्न्धि संयुक्त कृत्रिम घट्ना अभ्यास गरिएको हो ।सो अवसरमा वनमा डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ, भान्छामा एलपि ग्याँस लगायत प्रज्ज्वलनशिल बस्तुवाट हुने आगलागी तथा घर र बस्तीमा हुने आगालागीवाट कसरी बच्न, बचाउन र क्षति कम गर्न सकिन्छ भन्ने वारेमा नमुना अभ्यास गरिएको शसस्त्र प्रहरी उपरिक्षक करणसिंह धामीले जानकारी दिनुभयो ।तीनवटै सुरक्षा निकायका तालिमप्राप्त अग्नी नियन्त्रकहरुद्धारा अभ्यास प्रदर्शन गरिएको थियो ।
डढेलो नियन्त्रणमा व्यक्तिले लगाउने ज्याकेट, जुत्ता, हेलमेट पञ्जा तथा आगो निभाउनका लागि पानी सहितको स्प्रे टङ्की, झ्यापे, गैची लगायतका सामग्रीको प्रयोगवारे समेत सचेत बनाईएको थियो । सो अवसरमा बडागाउँ मैदानमा बनाईएका कृत्रिम घर, जंगल, उपचार केन्द्र, राहत, उद्धार तथा राहत वितरणका साथै एम्बुलेन्समार्फत घाईतेहरुको उद्धार तथा आगालागी नियन्त्रणका लागि बारुणयन्त्र समेत लगेर भविष्यमा आउनसक्ने घटनाहरुवाट कसरी क्षति न्यूनिकरण गर्न सकिन्छ भन्ने बरोमा सरोकारवालाहरुलाई सचेत बनाईएको सशस्त्र प्रहरी उपरिक्षक धामीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले गर्मीयाममा जिल्लाका विभिन्न स्थानमा अत्याधिक आगलागीका घटना घट्नसक्ने भएकाले सवै तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । जुनसुकै समय र अवस्थामा हुने सक्ने बन डढेलो लगायत अन्य आगालागीवाट मानविय तथा अन्य जनधनको क्षतिका लागि सवै सुरक्षा निकाय र जनप्रतिनिधिबीच आपसी समन्वय गरेर अघि बढ्न्पर्नेमा उहाँको जोड रहेको थियो । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आगलागीजन्य बिपद्वाट जोगिनका लागि सवै सचेत हुनुपर्ने बताउनुभयो । कतिपय मानविय लापरबाहीकै कारण पनि आगलागीका घटना बढेको भन्दै नागरिक तहदेखिनै सचेत हुनुका साथै सरोकारवालाहरुले पनि सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकाय, रेडक्रस, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन शसस्त्र प्रहरी निरिक्षक रामचन्द्र खड्काले गर्नुभएको थियो । पर्वतमा आगलागीका घटना नियन्त्रणमा शसस्त्र प्रहरी सक्रिय रुपमा खटिँदै आएको छ ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया