
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
कृष्ण आचार्य, पोखरा ।पोखरा- ३१ बेगनासमा अवस्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५२ औं बार्षिकोत्सब एवं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५२ औं बार्षिकोत्सब, अभिभावक दिवस एवं पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी एवं पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कडेलले पछिल्लो समय सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न राज्यले बिशेष पहल गरिरहेको बताउदै स्थानिय सरकारको प्रतिनिधिको तर्फबाट आफूले पनि काम गरिरहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर उकास्न अभिभावकको भुमिका पनि महत्वपुर्ण हुने भन्दै विद्यालय प्रति चासो बढाईदिन अभिभावक र सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो ।
पोखरा ३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयलाई बिश्वास गरेर अभिभावकले पनि आफ्ना बच्चाहरुलाई निजिमा भन्दा सामुदायिक विद्यालयमा पढाउन जोड गर्नुपर्ने बताउनु भयो । कमि कमजोरी भए सुधार गर्न सबै लाग्ने हो भने निजीमा भन्दा पनि सामुदायिक विद्यालायमा गुणस्तरीय शिक्षा दिन सकिने उहाँको भनाई थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर (Dane Mathr), भू.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा.बि. का अध्यक्ष बिकास प्रसाद कडेल, विद्यालय ब्यवस्थापन समितिका सदस्य धुर्वराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरु रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिती पोखरा ३१ का सदस्य धुर्वराज अधिकारी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कक्षा ११ र १२ का संयोजक शिक्षक सत्यराज कडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक वसन्त पहारीले गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षकहरू शुक्रराज अधिकारी, पुस्पराज पौडेल, गङ्गाराम रानाभाट, कमला शर्मा रेग्मी र मुना तिवारीलाई उत्कृष्ट बर्ष शिक्षकको रुपमा सम्मान गरिएको थियो भने चन्दा दाताहरु सुशील अधिकारी, रोशनराज तिवारी, बिकास प्रसाद कडेल, पुर्णदिप कडेल, सुबेदार कृष्ण बहादुर गायक, बलराम अधिकारी, महेन्द्री अधिकारी, नवीन रेग्मी, प्रतीक्षा खत्री, सबिन तिवारी, सबिना बास्तोला, सुवास ढकाल र अन्जन नेपालीलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । सो अवसर विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया