
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको तमु धिं नेपाल केन्द्रिय आमा समितिको बार्षिक कार्यक्रम अन्तरगत गुरुङ समुदाय बहुल लमजुङका ४ गाउँहरुको अध्ययन, अनुसंन्धान तथा अवलोकन भ्रमण शुक्रबार सम्पन्न गरेको छ ।
गत विहिबार र शुक्रबार दुइ दिने उक्त भ्रमणमा तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पवित्रादेवी गुरुङको नेतृत्वमा १९ जनाको सहभागिता रहेको थियो । सो समुहले लमजुङ जिल्लाको क्होलासोथर गाउँपालिकाका ४ गाउँका गुरुङ्सेनी दिदीबहिनीहरु संग अन्तरक्रिया गरी तमु धिं नेपाल केन्द्रिय आमा समितिले गाउँ मै वसेर केहि आय आर्जनका काम गर्न इच्छुक आमाहरुको लागि के गर्दा उचित हुन्छ भनेर अध्ययन अवलोकन तथा अन्तरक्रिया हरेक वर्ष गरिदै आएको अध्यक्ष पवित्रादेवी गुरुङले वताईन् ।
सिङदी गाउँमा भएको अन्तरक्रियामा कार्यक्रममा क्व्होलासोथर वडा नं. ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङ, सिङ्दी सामुहिक होमस्टे समितिका अध्यक्ष हुकुम बहादुर गुरुङ, सत्यसेवा युवा क्लबका अध्यक्ष देवबहादुर गुरुङ, मुक्ति प्रसाद गुरुङ, हिमाल ज्योति आमा समुहकी उपाध्यक्ष मनिषा गुरुङलगाएतले स्थानिय गुरुङ परम्परा रिति तिथि, पशुपालन, कृषि उत्पादन लगाएतको वारेमा जानकारी दिएका थिए ।
त्यसै गरी क्होलासोथर–६, पसगाउँमा भएको अन्तरक्रियामा अन्नपूर्ण संरक्षण कोष व्यवस्थापन समिति ५ र ६ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, पसगाउँ ठाँटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर गुरुङ, दुधपोखरी युवाक्लबका अध्यक्ष नौ बहादुर गुरुङ, शन्तिदिप आमा समुहकी अध्यक्ष युगदेवी गुरुङले पसगाउँको इतिहास, भौगोलिक अवस्था, गुरुङजातीको मौलिक भेषभुषा तथा रितिरिवाजहरुको वारेमा वताएका थिए ।
लमजुङ जिल्ला पर्यटीय भुजुङ गाउँमा पुगेर तमु धिं नेपाल केन्द्रिय आमा समिति र स्थानिय संघसंस्थाहरु विच भएको अन्तरक्रिया कार्यक्रममा तमु प्ल्हुँसंघका अध्यष वृज बहादुर गुरुङ, एम्पो विकास आमा समुहकी अध्यक्ष आसकुमारी गुरुङ, भुजुङ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङ, पुर्व वडा अध्यक्ष खिमबहादुर गुरुङ, लाली गुँरास युवा क्लबका अध्यक्ष नौराज गुरुङलगायतले गाउँको इतिहास ७०० वर्ष पुरानो रहेको, गाउँको जनसंख्यामा कुनै कमि नआएको, गुरुङ सस्कृतिलाई पुस्तान्तरण गर्दै आएको, कृषि तथा पशुपालनमा आत्मनिर्भर रहेको वताएका थिए ।
त्यस्तै घलेगाउँमा आयोजित अन्तरक्रिया कार्यक्रममा हिमाली आमा समुहकी सहसचिव यमुना घले, घले गाउँ संचालन समितिका अध्यक्ष हर्क बहादुर गुरुङ, कन्या ज्योति युवा क्लबका अध्यक्ष ओम प्रसाद गुरुङलगायतले घले गाउँको प्रकृति मौसम अनुसार फेरिने वताउँदै घाटु, कृष्ण चरित्र लगाएतका पुर्वजको नासो आगामि पुस्तालाई पनि हस्तान्तरण गर्दै आएको वताए ।
तमु धिं नेपाल केन्द्रिय आमा समितिले गुरुङहरुको थातथलोको अवलोकन भ्रमण तथा अध्ययन अनुसन्धानको क्रमलाई विगतमा कास्की जिल्लामा गरिएकोमा यस वर्ष लमजुङ जिल्लाका गाउँहरुमा कार्यक्रम गरिएको महासचिव बालकुमारी गुरुङले वताइन् ।
भ्रमण टोलिमा केन्द्रिय आमा समितिका पदाधिकारीहरु, सदस्यहरु, फुलबारी तमु समाज, सिद्धार्थ तमु समाज, दरबारथोक मिडियाका अध्यक्ष कृष्ण रानाभाट समेतको सहभागिता रहेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया