
१शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
३जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
४ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
५आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
६असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
७मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
१२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
१०मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
शिशिर,पोखरा ।चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं. १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ ।
निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा पुरा नहरने देखिएपछि, समानीकरण अनुदान रकम विनियोजनका लागि विभागिय मन्त्री र सांसदलाई झकझक्याउन टोली योजना बोकेरै सिंहदरवार पुगेको हो ।टोली भौतिक पुर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय सहित विभिन्न निकायमा पुगेको टोलीमा सहभागी वडा नं. १९ का वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिनुभयो ।एमाले नेता एवं पुर्व वडाध्यक्ष शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलीले भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर योजना पेश गरेको छ । टोलीले सडक, पुल, खानेपानी निर्माणका योजनालाई प्राथामिकतामा राखेर योजना पेश गर्दै आवश्यक वजेट विनियोजन गरिदिन मन्त्री दाहाल समक्ष आग्रह गरेको छ ।
त्यस्तै टोलीले खानेपानी मन्त्री प्रदीप यादवसँग पनि भेट गर्र्यो । भेटका क्रममा पोखरामा वितरण हुने खानेपानी शुद्घीकरणका लागी पुरुञ्चौरमा फिल्टरेशन ट्याकीं निर्माण र त्यहाँसम्म पुग्ने सडक निर्माणमा सहयोग गर्न मन्त्री यादवको ध्यानाकर्षण गराएको छ ।भेटका क्रममा मन्त्री दाहाल र यादवले पुल र सडक निर्माणलाई पहिलो प्राथामिकता दिने र अन्य योजनालाई क्रमिक रुपमा अगाडी बढाउने आश्वासन दिएको वडा सदस्य आचार्यले बताउनुभयो । टोलीले विभिन्न विभागका प्रमुखहरुसँग पनि भेटवार्ता गरी जनताका प्रत्यक्ष सरोकारका विषयलाई उच्च प्राथामिकता दिन आग्रह गर्यो ।
सोही क्रममा टोलीले एमाले नेता पदम गिरी र प्रमुख सचेतक महेश बर्तौला सहित खानेपानी संस्थानका महाप्रवन्धक त्रिदेव श्रेष्ठ, प्रधानमन्त्रीका स्वकिय सचिव विनोद कुँवरसँग पनि छलफल गरेको थियो । टोलीमा नेता पौडेल सहित इमानराज पौडेल, पुर्व वडा सदस्य कृष्ण प्रसाद गौतम, वडा सदस्य आचार्य र पुर्व महालेखा परिक्षक महेश्वर काफ्ले सहभागी थिए । भेटपछि नेता पौडेलले आफुहरुले पेश गरेको योजनामा मन्त्रीवाट सकारात्मक जवाफ पाएकाले, केही योजना तत्काल शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।टोलीले माछापुच्छ्रे सडक निर्माण र स्तरोन्नती, पोखरा १९ र २५ जोड्ने सेती नदीमाथि पक्की पुल,अमलाविसौंनी घार्मी आलेवारी काउरे ग्रामिण सडक, लाम्पाटा सडक, तल्लाकोट छपाली थोक सडक निर्माण, घार्मीस्थित मणिमा पर्यटकीय पार्क निर्माण लगायतका जनताका प्रत्यक्ष सरोकारका विकास निर्माणमा वजेट विनियोजन गर्न माग गरेको छ ।
वजेट अभावका कारण अमलाविसौंनी घार्मी सडक खण्डको केही भाग पहिरोका कारण जोखिममा परेको छ ।दैनिक सयौं सवारी आवतजावत गर्ने उक्त सडक चार वर्षदेखि जोखिममा परेको हो ।पोखरा माछापुच्छ्रे सडकको वैकल्पिक सडकका रुपमा रहेको सो सडकमा जोखिम मोलेरै सवारी साधन आवतजावत भईरहेका छन् । पोखरा १९ मा साना टुक्रे योजना निर्माणले गति लिए पनि ठुला विकासे योजना भने ठप्प रहेका छन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया