SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१२ गते
    १४७ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा। महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ ।हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव मन्दिरमा सजिसजावट गरी तयारी तिब्र पारिएको बताईएको छ ।शिवरात्री पर्वकै अवसरमा पोखरामा रहेका विभिन्न शिव मन्दिरमा पनि भगवान शिवको महिमा र पर्व मनाउँन तयारी शुरु भएका छन् ।पर्वकै अवसरमा लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्घेश्यले विगत ६ वर्षदेखि समाजले यात्रा थालनी गरेको हो ।

    विभिन्न झाँकी, बाजागाजा र भजन किर्तन सहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिनुभयो ।स्थानिय कणेश्वर शिवालयवाट शुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले बताउनुभयो । विहान ७ बजेदेखि नै यात्रा शुरु हुने र कार्यक्रममा त्यस क्षेत्रका धार्मिक संघ संस्था, ओम शान्ती, आमा समुह, युवा क्लव, भजन समुह तथा टोल विकास संस्थाको सहभागिता रहने बताईएको छ । नयाँ पुस्तामा धार्मिक जागरण र चेतना ल्याउन यात्रा महत्वपुर्ण हुने समाजले जनाएको छ ।

    यस्तै पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्री पर्वको तयारी तिब्र पारिएको छ ।प्रत्येक वर्ष शिवरात्री पर्वलाई विशेष रुपमा मनाउँदै आएको मन्दिर व्यवस्थापन समितिले बुधवार मन्दिर परिसरमा भजनकिर्तन गरी शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गरिने समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो ।विहानै देखि पवित्र जल,दुध चढाउने कार्य शुरु हुने र यो क्रम दिनभर नै जारी रहने तथा साँझ शिव धुनीमा जल चढाए पछि रातभर भजनकिर्तन गरिने तयारी भएको स्थानिय युवा अर्जुन पौडेलले बताउनुभयो ।

    पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ ।धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरा सहित माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रृखंलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं