
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
शिशिर,पोखरा। महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ ।हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव मन्दिरमा सजिसजावट गरी तयारी तिब्र पारिएको बताईएको छ ।शिवरात्री पर्वकै अवसरमा पोखरामा रहेका विभिन्न शिव मन्दिरमा पनि भगवान शिवको महिमा र पर्व मनाउँन तयारी शुरु भएका छन् ।पर्वकै अवसरमा लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ । यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्घेश्यले विगत ६ वर्षदेखि समाजले यात्रा थालनी गरेको हो ।
विभिन्न झाँकी, बाजागाजा र भजन किर्तन सहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिनुभयो ।स्थानिय कणेश्वर शिवालयवाट शुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले बताउनुभयो । विहान ७ बजेदेखि नै यात्रा शुरु हुने र कार्यक्रममा त्यस क्षेत्रका धार्मिक संघ संस्था, ओम शान्ती, आमा समुह, युवा क्लव, भजन समुह तथा टोल विकास संस्थाको सहभागिता रहने बताईएको छ । नयाँ पुस्तामा धार्मिक जागरण र चेतना ल्याउन यात्रा महत्वपुर्ण हुने समाजले जनाएको छ ।
यस्तै पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्री पर्वको तयारी तिब्र पारिएको छ ।प्रत्येक वर्ष शिवरात्री पर्वलाई विशेष रुपमा मनाउँदै आएको मन्दिर व्यवस्थापन समितिले बुधवार मन्दिर परिसरमा भजनकिर्तन गरी शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गरिने समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो ।विहानै देखि पवित्र जल,दुध चढाउने कार्य शुरु हुने र यो क्रम दिनभर नै जारी रहने तथा साँझ शिव धुनीमा जल चढाए पछि रातभर भजनकिर्तन गरिने तयारी भएको स्थानिय युवा अर्जुन पौडेलले बताउनुभयो ।
पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ ।धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरा सहित माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रृखंलाको दृश्य अवलोकन गर्न सकिन्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया