
१वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
३जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
४कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
५सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
६स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
७ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै आयोजना गरिएको ज्ञान महायज्ञमा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । आइतबार गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले महायज्ञको अवलोकन एवम् निरीक्षण गरेका थिए । पोखरा २२ पुम्फिकोटमा जारी पुम्दीकोट कोट विकास समितिद्वारा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमाको पाँचौ दिन पनि श्रद्धालु भक्तजनहरुको उत्साहपुर्ण भिड देखिएको हो। भागवत मञ्जरी राधिका दासीको मधुर वाणी श्रीमद् भागवत वाचनमा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । फागुन ७ गतेदेखि सुरु भएको महायज्ञ १५ गतेसम्म चल्नेछ ।
पुम्दिकोटकोट विकास समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समितिका सचिव निर्मलराज बराल र सहसचिव दुर्गाबहादुर गुरुङले गरेका थिए । आज मात्रै २० हजार श्रद्धालु भक्तजनहरुले पुम्दिकोटको दर्शन गरेको अध्यक्ष बरालले जानकारी दिए । कार्यक्रममा स्व स्फुर्त रूपमा विभिन्न संघसंस्था एवं आमा समूहहरूले भक्तजनहरूको व्यवस्थापन प्रसाद वितरण लगायत अन्य कार्यहरूमा सहयोग पुर्याउँदै आएका छन् । हरेक साँझ हुने महाआरती कार्यक्रममा भक्तजनहरूको उल्लेख्य भिड लाग्ने गरेको छ ।
महायज्ञको प्रत्यक्ष प्रसारण विभिन्न धार्मिक च्यानलहरू, युटुब , सामाजिक सञ्जाल र हल्लन्चोक लेकसाइड र पोखरा सभागृह चोकको ठूलो पर्दाबाट समेत प्रत्यक्ष प्रसारण भइरहेको छ । पोखरा देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा सञ्चालन भएको समितिका सल्लाहकार मातृका बरालले जानकारी दिए । पोखरा १७ विरौटा, बराल फिड, छोरेपाटन हुँदै पुम्दीकोटसम्म बिहान ९ बजेदेखि यातायात को व्यवस्थापन हुने बरालले जानकारी दिए । पोखरा भ्रमण वर्ष २०२५ को घोषणासँगै पोखरामा आयोजना भएको पहिलो कार्यक्रम रहेको श्रीमद्भागवत ज्ञान महायज्ञमा धार्मिक अनुष्ठानका अलावा श्रीमद्भागवत वाचन तथा विभिन्न कलाकारहरू मार्फत धार्मिक नाटक झाँकी प्रदर्शन लगायत दानदाता सम्मान कार्यक्रम हुँदै आइरहेको छ।
धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यसअघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दुबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको थियो। त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भयो । जहाँ भागवतभास्कर कमलनयन गौतमज्यूले प्रवचन दिनुभएको थियो। ती महायज्ञहरू मात्र कर्मकाण्डीय क्रियाकलाप थिएनन ती आध्यात्मिक यात्राका महत्वपूर्ण माइलस्टोन थिए, जसले हजारौं भक्तजनलाई सत्य, प्रेम, र भक्तिको मार्गमा अग्रसर गरायो। समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको हो ।
यसैबीच महायज्ञमा दानराशिका आधारमा १ हजार रुपियाँसम्मका दानहरुलाई दान पेटिकामा खसालिने, रु १ हजार देखि ३ हजारसम्म दान गर्ने दाताहरूको नाम अभिलेखमा राखी रसिद प्रदान गरिने, ३ हजार १ रुपियादेखि ५ हजार रुपियासम्म दान गर्ने दाताहरूलाई प्रमाणपत्र द्वारा सम्मान गरिने, ५ हजार १ रुपियाँ देखि १० हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्रद्वारा राम नमीले सम्मान गरिनेछ ।
त्यसैगरी १० हजार १ रुपियाँदेखि रु २५ हजारसम्म दान गर्ने दाताहरूलाई फ्रेमसहितको प्रमाणपत्र तथा उक्त रकम दाताहरुको नाम शिलालेखमा लेखिनेछ। त्यसैगरी २५ हजार १ रुपियादेखि ५० हजारसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित भजन किर्तनले स्वागत गर्दै मञ्चबाट नाम घोषणा गरिनेछ। ५० हजार १ रुपियाँदेखि १ लाख सम्म दान गर्ने दाताहरुलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिनेछ भने १ लाख १ रुपियाँ देखि २ लाख २५ हजार ९९९ सम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित आकर्षक मायाको चिनो प्रदान गरिनेछ । २ लाख २५ हजार रुपियाँदेखि ५ लाखसम्म दान गर्ने दाताहरूलाई माथिका सम्मानसहित परिसरभित्र रहेका कुनै एक शिवलिङ्ग उनको नामबाट स्थापित गरिनेछ। त्यसैगरी ५ लाख रुपियाँदेखि माथि दान गर्ने दाताहरूलाई आयोजक समितिको निर्णयले उचित सम्मान दिने कुरा समितिका व्यवस्थापक रुद्रनाथ पौडेलले जानकारी दिए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया