SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/११ गते
    १५७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्ण आचार्य/पोखरा । भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि. पोखरा -३१ बेगनासको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    मञ्चले शनिबार आफ्नो पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर आनन्द ज्योति मा. बि. भित्र रहेका सदनहरु बिच मा.वि. स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

    प्रतियोगितामा सुदर्शन रानाभाट, मनिस रानाभाट, मनिस सुनार र विद्या दाहालको रातो समूह प्रथम भएको छ भने सुदिप थापा, पवन कडेल, सन्ध्या तिवारी र बिपना सापकोटाको हरियो समूहले दित्तिय स्थान प्राप्त गरेको छ । यसैगरी कन्चन सुनार, अनुराधा अधिकारी, अमृत कडेल र साजन तिवारीको निलो समूहले तृतीय स्थान हासिल गर्दा एलिना सापकोटा, सङ्गम परियार, सन्ध्या थापा र मिसन सुनारको पहेलो समुहले सान्त्वना स्थानमा चित्त बुझाएकोछ । प्रथम, दित्तिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मञ्चको तर्फबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे ।

    यस्तै, कार्यक्रममा श्री आनन्द ज्योति मा. बाट गत बर्षको एसईई परिक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने संकल्प पौडेल र एसएलसी परिक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने अनिष तिवारीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

    सो अवसरमा मञ्चले संचालन गर्ने गरि अक्षयकोष स्थापनाको लागि पुर्व सल्लाहकार एवं मञ्चका आजिबन सदस्य पदमराज पौडेलको तर्फबाट ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ ।

    पाँचौ बार्षिक साधारणसभा एवं हाजिरीजावाफ प्रतियोगिता कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर -३१ का वडा सदस्य देबेन्द्रराज अधिकारीले भू.पू.विद्यार्थीहरुको संस्थाले स्कुललाई केन्द्रमा राखेर आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक सुधारका लागि भुमिका खेल्ने बताउनुभयो । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले वडा कार्यलय मञ्च संग सहकार्य गरेर काम गर्न तयार हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    मञ्चका संस्थापक अध्यक्ष नबराज अधिकारीले संस्था जन्मनु मात्रै ठूलो कुरा नरहेको भन्दै यसलाई चलायमान बनाईराख्नु मुख्य चुनौती हुने बताउनु भयो । नयाँ टिमले जिम्मेवारी लिए पनि आफू संस्थापक अध्यक्षको नाताले सधै साथमा हुने उहाँको प्रतिबद्धता छ ।

    मञ्चका पुर्व सल्लाहकार एवं अक्षयकोष दाता पदमराज पौडेलले मञ्चको उदेश्य आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक सुधारका लागि पहल गर्न सकियोस भन्ने मात्रै रहेको बताउदै नयाँ पुस्ताले पनि त्यहीँ अनुसार मेहनत गरिदिन आग्रह गर्नुभयो । आफ्ना पालामा निकै अभाव र कम श्रोत साधनको बिचमा अध्ययन पूरा गरेको स्मरण गर्दै पौडेलले अहिले विद्यालयको भौतिक स्वरुपमा आएको सुधार जस्तै शैक्षिक गुणस्तरमा पनि सुधार आउने अपेक्षा गर्नुभयो । आफ्नो तर्फबाट पनि शैक्षिक गुणस्तरमा टेवा पुराउन सकिन्छ कि भनेर मञ्चसंगको सहकार्यमा अक्षयकोषको स्थापना गरेको उहाँको भनाई थियो ।

    श्री आनन्द ज्योति मा. बि. का प्रधानध्यापक शिबराज अधिकारीले मञ्चले विद्यालयलाई केन्द्रित गरेर समय समयमा विभिन्न कार्यक्रम एवं सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सन्तोष अधिकारी, विद्यालयका १०+२ कार्यक्रम संयोजक शिक्षक सत्यराज कडेल, विद्यार्थी मनिस रानाभाट लगायतले बोल्नु भएको थियो ।

    मञ्चमा उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचीव कृष्णराज आचार्यले गर्नुभएको थियो भने साधारणसभाबाट अध्यक्ष बिकास प्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेको प्रतिबेदन सर्वसम्मत पारित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं