SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१० गते
    २६६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिनेछ ।’

    यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जिवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यन्वयनको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।

    धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरु, हिमाल, तालहरु, शाहसीक खेलको ठूलो संभावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा बिकास गर्न स्थानीय, प्रदेश र संघ सरकार बीच सहकार्य आवश्यक पर्ने उनले बताए ।‘हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो’ उनले भने ‘सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई उर्जा जगाउने एउटा माध्याम बन्नेछ ।

    ’हरेक क्षेत्र जस्तै राजनीतिक जीवनमापनि साधना उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘देशको राजनीतिक परिदृष्यलाई हेर्ने हो भने नागरिकहरुको बढ्दो नकरात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा हामीले राजनीतिक साधना गर्नु जरुरी र आवश्यक छ’ उनले भने ।स्वजागरण भनेको केवल बाहिरी उपलब्धिहरुमा मात्र सिमित नहुने मुख्यमन्त्री पाण्डेले बताए । ‘यो आन्तरिक शुद्धता, सकारात्मक सोच, र दिगो लक्ष्य प्राप्तीको आधार हो’ मुख्यमन्त्री पाण्डेले भने ‘जव ब्यक्ती स्वयम् सचेत हुन्छ, आत्मबोध गर्छ, तब समाज, प्रदेश र राष्ट्र नै समृद्ध बन्न सक्छ ।’

    गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गरेका थिए । सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको गण्डकी स्वजागरण अभियानमा आईतवारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं