SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/८ गते
    २३२ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय स्थलहरुको अवलोकनलाई प्राथामिकतामा राखेका छन् ।

    प्रत्येक वर्ष नयाँ नयाँ ठाउको अवलोकन गर्ने गरेका आमाहरुले यस वर्ष तनहुँको प्रसिद्घ धार्मिक स्थल ढोरबाराही र बाजस्थला क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधीका बारेमा जानकारी लिएका हुन् । स्थानिय मनकामना आमा समुहमा आवद्घ करिव ५० जना आमाहरुको टोलीले बुधवार सो क्षेत्रमा पुगी आन्तरिक पर्यटन प्रर्वद्घन गरेको समुहका अध्यक्ष भगवती पौडेलले जानकारी दिईन् । आफ्नो गाउँ पनि पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको र आन्तरिक तथा वाहृय पर्यटकको आवागमन बढ्दै गएकाले, अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रर्वद्घन भएको छ त्यसको जानकारी लिन अवलोकन भम्रण गरिएको अध्यक्ष पौडेलले बताईन् ।

    ढोरबाराही महत्वपुर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महशुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलले बताउनुभयो । अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका अनिता वराल पौडेल, कमला घिमिरे र पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय संभावनाको क्षेत्र रहेको बताउँदै, यसको विकास र प्रचारमा स्थानिय सरकारको चासो आवश्यक रहेकोमा जोड दिए । अवलोकनका लागि पुग्नु भएकी ८६ वषर््िाया तुलसी पौडेलले वृद्घ उमेरमा पनि यस्ता महत्वपुर्ण क्षेत्रको अवलोकन गर्न पाउँदा निकै खुशी लागेको अनुभव सुनाउनुुभयो ।

    शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा पर्ने सो स्थलवाट पृथ्वी साजमार्ग सहित त्यस आसपासको रमणिय दृश्यको अवलोकन गर्न सकिन्छ । दलित र जनजाति समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा परम्परागत घरहरु देख्न पाईन्छ ।उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको बताईन्छ ।त्यहाँ रहेको बाजस्थला टेडिस्नल होम रिर्सोटले दृश्यावलोकनका लागि पुग्ने आन्तरिक तथा वाहृय पर्यटकलाई परम्परागत खाना र वासको सुविधा दिएको छ भने रिर्सोटमा गाउँ घरमा प्रयोग हुने परम्परागत सामाग्री समेत प्रर्दशनीमा राखेको छ । पर्यटकीय वातावरण बनाउँन र पर्यटन विकासमा महिलालाई सक्रिय बनाउँन पनि विभिन्न ठाउँको अवलोकन गर्ने गरी वार्षिक कार्य तालिका नै बनाईएको समुहका सचिव लिलादेवी पौडेलले जानकारी दिनुभयो ।

    समुहले यसअघि आन्तरिक पर्यटन प्रर्वद्घन गर्ने उद्घेश्यले स्याङ्जाको दरौं सिरुवारीको अवलोकन गराएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं