SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/७ गते
    २२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो ।

    पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ ।

    विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको संघका सचिव ज्योति हमाले जानकारी दिनुभयो ।

    यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ के.जी गरी ९ तौल समुहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै सचिव हमालका अनुसार महिलातर्र्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ के.जी गरी ७ तौल समुहमा प्रतिस्पर्धा हुने भएको छ ।

    यस्तै यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको संघका अध्यक्ष पद्म छन्त्याले बताउनुभयो ।

    वि.सं २०६६ सालमा पोखरा रंगशालामा १० जना खेलाडीबाट घाँसे मैदानमा स्वयम सेवक प्रशिक्षक रबि चौधरीले यस खेल खेलाउन शुरु गर्नुभएको हो । हाल पोखरा रंगशालाभित्र रहेको जुडो हलमा ५१ जना खेलाडीहरुलाई दैनिक रुपमा स्वयम सेवक प्रशिक्षक चौधरीले प्रशिक्षण दिँदै आइरहनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं