SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/६ गते
    २९८ &#२३४६;&#२३३५;&#२३२५;

    हेमजा । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ । पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि ९२५–१७,२३–२५,२५–१८,२८–२६० ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद रु ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद रु ३० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र ग¥यो ।

    घलेले सान्त्वना पुरस्कार स्वरूप नगद रु २०,हजारका साथ ट्रफी,मेडल र प्रमाणपत्र ग¥यो । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि।क , वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।

    भेट्रान्स खेल तर्फको फाईनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पा¥यो । तक्रोले द्धितिय स्थानमा सिमित रहयो । भेट्रान्स प्रथमले नगद रु ३० हजार र द्धितियले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दैै माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीन ब।गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भुभिका खेलेको बताउँदै,माछापुच्छ्रे« गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताए ।

    गाउँपालिका प्रवक्ता एवं वडा न।२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हो । खेलकुदले युवाको जीवनमा सकारात्मक भूमिका खेलेको बताए ।

    सिधिङ युनाइटेड यूथ क्लवका अध्यक्ष शुक वहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं