SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/६ गते
    २२० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयले बाल बालिका लक्षित कार्यक्रम अन्तर्गत बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    विद्यालयका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर मावि हेमजाको प्रांगणमा हुने पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगर प्रवक्ता मोति लाल तिम्सिनाले जानकारी दिए ।प्रतियोगितामा हेमजा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको छ ।

    प्रतियोगितामा मावि तर्फ ३ जनामा १ जना छात्रा अनिवार्य र आधारभूत विद्यालय तर्फ एक जना छात्र÷छात्रा सहभागि जनाउन पाउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम हुनलाई १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।‘हरेक वालवालिका सँग कुनै न कुनै प्रतिभा लुकेर वसेको हुन्छ, तिनै प्रतिभा उजागर गर्न वडा कार्यलयले यो कार्यक्रमको आयोजना गरेको हो’ अध्यक्ष तिम्सिनाले भने, ‘विद्यार्थीहरुको हौसला प्रदान गर्न र ती प्रतिभा उजागर गर्न कार्यक्रमलाई भव्य बनाउनका लागि हेमजावासीहरुको सहभागिताका लागि अनुरोध गर्दछु ।’

    उनका अनुसार वडा कार्यलयको निति तथा कार्यक्रम अन्तर्गत नै वाल नृत्य प्रतियोगिता आयोजना गरिएको हो । हेमजा सामुदायिक संस्थागत तथा वौद्ध गुम्बाले सञ्चालन गरेका विद्यालय सहित गरी १४ विद्यालय रहेको वडा सचिव चोलाकान्त पौडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं