SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/४ गते
    २३४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।

    सो अवसरमा आचार्यले विद्यालयमा सैद्धान्तिकसँगै खोजमुलक र व्यावहारिक ज्ञान विद्यार्थीलाई दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शिक्षण सिकाईसँगै संस्कृतिको विकासमा समेत जोड दिनुभयो । “खोज अनुसन्धान पाठ्यक्रमको मूल उद्धेश्य हो । शिक्षकले शिक्षण सिकाईमा विविधता ल्याउनु आवश्यक छ ।” आचार्यले भन्नुभयो ।

    विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा भट्टराईले विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताउँदै अतिरिक्ति क्रियाकलापमा समेत जोड दिइएको बताउनुभयो । “विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अभिभावको समेत उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ । आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छौँ।” प्राचार्य शमाले भन्नुभयो ।

    विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद त्रिपाठीले बालबालिकाको पहिलो पाठशाला आफ्नो घर रहेकाले अभिभावकले बालबालिकाको सिकाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा अभिभावकको तर्फबाट गीता सिग्देलले मन्तव्य व्यक्त गर्दै उत्कृष्ट विद्यार्थी उत्पादनमा अभिभावकको समेत दायित्व रहेको बताउनुभयो ।

    वार्षिकोत्सव सहारोहमामा विद्यालयमा लामो समय योगदान दिने शिक्षकहरु अञ्जु सुवेदी, अर्मिला श्रेष्ठ, दीपा आचार्य, सुरज पौडेल, चिनमाया रेग्मी र जयाश्री ताम्राकारलाई नगद सहित दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न विधामा पूर्ण छात्रवृत्ति पाउन सफल पूर्व विद्यार्थीहरु प्रविन पौडेल, सौरभसिँह थापा, निश्चल जिसी, यमन थापा, अंकित बडगामी, दिपीका बस्याल, सिर्जनविक्रम थापा, अभिषेक पौडेल, विहान कोइराला, कृष्ण पाण्डे र विनम्र कोइरालालाई समेत सम्मान गरिएको थियो ।

    समारोहमा कक्षा नर्सरीदेखी कक्षा १० सम्म वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई ट्रफी सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नाटक, भजन, गीत तथा नृत्यका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए । विसं २०६२ मा स्थापना भएको सगरमाथा निकेतन स्कुलमा आठ सयको संख्यामा विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गण्डकी प्रदेशमै छुट्टै पहिचान बनाएको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं