
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
सो अवसरमा आचार्यले विद्यालयमा सैद्धान्तिकसँगै खोजमुलक र व्यावहारिक ज्ञान विद्यार्थीलाई दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले शिक्षण सिकाईसँगै संस्कृतिको विकासमा समेत जोड दिनुभयो । “खोज अनुसन्धान पाठ्यक्रमको मूल उद्धेश्य हो । शिक्षकले शिक्षण सिकाईमा विविधता ल्याउनु आवश्यक छ ।” आचार्यले भन्नुभयो ।
विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा भट्टराईले विद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताउँदै अतिरिक्ति क्रियाकलापमा समेत जोड दिइएको बताउनुभयो । “विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा अभिभावको समेत उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ । आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छौँ।” प्राचार्य शमाले भन्नुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद त्रिपाठीले बालबालिकाको पहिलो पाठशाला आफ्नो घर रहेकाले अभिभावकले बालबालिकाको सिकाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा अभिभावकको तर्फबाट गीता सिग्देलले मन्तव्य व्यक्त गर्दै उत्कृष्ट विद्यार्थी उत्पादनमा अभिभावकको समेत दायित्व रहेको बताउनुभयो ।
वार्षिकोत्सव सहारोहमामा विद्यालयमा लामो समय योगदान दिने शिक्षकहरु अञ्जु सुवेदी, अर्मिला श्रेष्ठ, दीपा आचार्य, सुरज पौडेल, चिनमाया रेग्मी र जयाश्री ताम्राकारलाई नगद सहित दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न विधामा पूर्ण छात्रवृत्ति पाउन सफल पूर्व विद्यार्थीहरु प्रविन पौडेल, सौरभसिँह थापा, निश्चल जिसी, यमन थापा, अंकित बडगामी, दिपीका बस्याल, सिर्जनविक्रम थापा, अभिषेक पौडेल, विहान कोइराला, कृष्ण पाण्डे र विनम्र कोइरालालाई समेत सम्मान गरिएको थियो ।
समारोहमा कक्षा नर्सरीदेखी कक्षा १० सम्म वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई ट्रफी सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नाटक, भजन, गीत तथा नृत्यका माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए । विसं २०६२ मा स्थापना भएको सगरमाथा निकेतन स्कुलमा आठ सयको संख्यामा विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गण्डकी प्रदेशमै छुट्टै पहिचान बनाएको छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया