SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/४ गते
    १७७ &#२३४६;&#२३३५;&#२३२५;

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले विद्यालयहरुलाई समेटेर शनिवार लेखनाथमा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयहरुका बीच शैक्षिक सहकार्य वढाउने र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटननको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने गरी दुई दिने शैिक्षक कार्यक्रम अन्तरगत शुक्रवार मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो भने शनिवार विभिन्न पाँच विधालाई आधार मानी प्रतियोगितात्मक शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो ।

    प्रतियोगितामा सहभागी बिद्यालय मध्येबाट समग्रमा डायमण्ड माविले उत्कृष्ट स्थान हासिल गरेको थियो भने दितीय न्यूलाईट मावि र तृतीय जनप्रकाश मावि रहेका छन् । शैक्षिक प्रदर्शनीतर्फ प्रथम हुनेले १५ हजार,द्धितीयले १० हजार,तृतीयले सात हजार नगद पुरस्कार हात पारे ।

    यसैगरी विज्ञानविधातर्फको प्रदर्शनीमा डायमण्ड मावि प्रथम,लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल द्धितीय र जनप्रकाश माविले तृतीय स्थान हासिल गरेका छन् भने सामाजिक तर्फको प्रर्दशनीमा न्यू लाईट मावि प्रथम,डायमण्ड मावि द्धितीय भए । गणिततर्फको प्रदर्शनीमा जनप्रकाश मावि प्रथम,डायमण्ड मावि द्धितीय र न्यु लाईट माविले तृतीय स्थान हासिल गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दैे डायमण्ड मावि विद्यालय ब्यवस्थापन समितिका सदस्य ईन्द्रवहादुर थापाले विद्यार्थीहरुले प्रदर्शनीबाट विज्ञान,प्रविधी,वातावरण,कृषि,सामाजिक,भाषा र सस्कृतिका वारेमा जानकारी पाउने धारणा राखे ।

    लक्ष्मी आदर्श मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति वडा नं २७ का सदस्य तथा कार्यक्रम संयोजक यम वहादुर रोक्का, सह संयोजक तथा लक्ष्मी आदर्श माविका प्रधानाध्यापक शिवमणि भण्डारी,डायमण्ड माविका ब्यवस्थापक हरि लामिछाने र डायमण्ड माविका शिक्षक नारायण वाग्ले लगाएतले बोलेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न

    उदय अतित,बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake का नयाँ विद्यार्थीहरूका लागि...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं