SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/३ गते
    ३२० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका बृद्धबृद्धाहरुले नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त गरेका थिए।

    लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन गरिएको तीन दिने शिविरमा एक सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । माघ २९ देखि फागुन एक गते सम्मगरी तीन दिनसम्म शिविर संचालन गरिएको थियो ।

    पर्वतमा सक्रिय लायन्स क्लवहरुको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीन दिने शिविर संचालन गरिएको हो । शिविर संचालनका लागिका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको थियो ।?यस अघि जिल्लाका आठ स्थानमा संचालन गरिएको आँखा जाँच शिविरवाट पाँच हजार भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । उनिहरु मध्येवाट एक सय ५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सवैलाई सदरमुकाम कुश्मामा रहेको प्रदेश अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरिएको लायन्स क्लवका पुर्व डिस्ट्रिक्ट चिफ एडमिनिस्टर बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

    ।मोतीयाविन्दुका बिरामीको शल्यक्रिायका लागि कतिपय वडाले निशुल्क सवारीसाधनको व्यवस्था गरेका थिए । जिल्लाका सातवटै स्थानीय तहमा यस अघि स्क्रिनिङ शिविर संचालन गरिएको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं