SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२ गते
    ३५७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता फागुन ४ गते देखी शुरु हुने भएको छ । प्रतियोगिताको शुक्रबार खेलतालिका सार्वजनीक भएको छ ।

    फागुन ४ देखी ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विद्यालय तर्फ १३ विद्यालयले भाग लिएका छन् भने क्याम्पस तर्फ ९ क्याम्पसले सहभागीता जनाएका छन् । प्रतियोगिताको विजेता टोली नगद १ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    त्यसै गरी दोस्रो हुने टोलीले नगद ५० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने हिसान गण्डकी प्रदेशका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए । उनले कलेज तर्फको बिजेताले नगद २० हजार र दोस्रो हुने टिमले नगद १० हजार मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

    प्रदेशस्तरी फुटसल प्रतियोगितामा कास्कीका १० विद्यालय, बाग्लुङका २ तनहुँको एउटा विद्यालय गरी १३ विद्यालयले प्रतिप्रर्धा गर्ने छन् । उनले प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने बताए । प्रतियोगिताको प्रथम पुरस्कार युआरएलले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार हिसान कास्कीले प्रायोजन गरेको छ ।

    प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीता रहेको र खेल जित्नुमात्रै नभएर फुटबल विकासका लागि प्रतियोगिता गरेको आयोजना गरेको हिसानका उपाध्यक्ष बाबुराम पन्तले बताए । उनले गण्डकी प्रदेशका विद्यालय तथा कलेज पढाइमा मात्रै नभएर खेलकुदमा पनि अब्बल रहेको प्रतियोगिताले देखाउने बताए ।

    प्रतियोगिताको व्यवस्थापन सबिन मेमोरीयल फुटबल क्बलले गर्दै आएको छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । कार्यक्रममा हिसान गण्डकीका कोषाध्यक्ष टुकराज बास्तोला, सचिब डिल्लिराम अधिकारी लगाएतले फुटबल विकासमा प्रतियोगिता फलदायी हुने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं