
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पुम्दिकोट कोट विकास समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ ।
मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका सयोजक चन्द्रकान्त बरालले महायज्ञ आयोजना गर्नुको मुल उद्देश्य पुम्दिकोट धामको धार्मिक,एतिहासिक र पुरातात्त्विक महत्वका बारेमा उजागर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने रहेको बताए । उनले २०७३, ७९ हुँदै अहिले तेस्रो पटक आयोजना गरिएको यो महायज्ञको महिमा ठूलो रहेको बताए । पहिलो महायज्ञबाट करिब ६ करोड रुपिया र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपिया संकलन गरेको उनले बताए ।
पुम्दिकोट ससारका धार्मिक पर्यटकहरुको थप आकर्षणको केन्द्र बन्दै गएको बताउदै उनले महामानव दाताहरुको सहयोगबाट हालसम्म ५१ फिट अग्लो महादेवको मुर्ती, ३१ फिट अग्लो शिवको विशाल डम्मरु, महादेवको विशाल क्षेत्रकुण्ड निर्माण, १ सय ८ धारा जडान सहित अन्तराष्टृय ध्यान केन्द्र निर्माण, २१६ शिवलिङ्ग स्थापना, १ सय ८ स्वर्गद्वारी सिढी निर्माण, सुविधा सम्पन्न शौचालय सहित प्रशासकिय भवन, फुलमाला विक्री कक्षका लागि १८ ओटा सटर निर्माण, पुम्दिकोटमा ३ वटा छुट्टाछुट्टै प्राकृतिक प्रवेशद्वार निर्माण, फुलबारी सहित पर्खाल निर्माण, मनोरेल द्वारा गणेश भगवानले कैलाश पर्वत परिक्रमा र पन्चधातुबाट निर्मित शिवलिङ्ग निर्माण लगायतका उपलब्धिहरु हासिल भइसकेका र अझैपनी कैलाश धामको पुर्ण विकासका लागि महायज्ञ आयोजना गरिएको अध्यक्ष बरालले बताए ।
महायज्ञबाट पोखरा आउने पर्यटकहरुको बसाइ कम्तिमा एक दिन लम्ब्याउने, लेजर लाइट मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डब नृत्य र महादेवको शिवलिला सहित वृत्तचित्र प्रस्तुत गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष बरालले जानकारी दिए । त्यस्तै हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने जस्ता उद्देश्य महायज्ञको छ । दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने कार्य जारी रहेको र अझै अघि बढाइने समेत सम्मेलनका क्रममा आयोजकले जनाएको छ ।
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । ज्ञान महायज्ञ आगामी फाल्गुन ७ गतेदेखी १५ गतेसम्म चल्नेछ । फागुन ७ गते कलश यात्रा हुने आयोजकले जनाएको छ । धार्मिक चेतना जागरण गर्दै सनातन परम्परालाई मजबुत बनाउन यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । २०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिको मुखारबिन्दबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न भएको थियो। त्यसपछि २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ आयोजना भयो ।
जहाँ भागवतभास्कर कमलनयन गौतमज्यूले प्रवचन दिनुभएको थियो। ती महायज्ञहरू मात्र कर्मकाण्डीय क्रियाकलाप थिएनन ती आध्यात्मिक यात्राका महत्वपूर्ण माइलस्टोन थिए, जसले हजारौं भक्तजनलाई सत्य, प्रेम, र भक्तिको मार्गमा अग्रसर गरायो। पर्यटकीय राजधानी पोखरा आउने पर्यटकको बसाई एक दिन लम्ब्याउने उद्देश्य अनुरुप साझको समयमा विशाल शिवको मुर्तिलाइ पर्दा बनाइ लेजर लाइट मार्फत शिवलिला प्रदर्शन गर्ने, कैलाश पर्वतदेखी सुमेरु पर्वतसम्म पहुँच विस्तार गर्न सिसाको पुल निर्माण गर्ने, हरियाली उद्यान, अन्तराष्टृय ध्यान केन्द्रमा इको साउन्ड नियन्त्रण गर्ने जस्ता रणनैतिक लक्ष्य महोत्सवले राखेको छ भने समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको हो ।
धर्म, आस्था, र सभ्यताका जरा गहिराइमा जोडिएका हुन्छन् । मानवीय अस्तित्वको सार नै आत्मज्ञान हो, र आत्मज्ञानको उज्यालो फैलाउने एउटा प्रमुख मार्ग हो सत्संग, श्रवण, र भक्तिलाई लिइन्छ । महायज्ञमा प्रत्येक दिन नित्य श्रीमद्भागवत मूल पाठ, जप, लघुरुद्राभिषेक, चण्डीपाठ, मितापाठ र हवन गरिनेछ। साँझपख महात्म्य श्रवण तथा भजन-कीर्तनले वातावरणलाई भक्तिमय बनाउनेछ। महाशिवरात्रिका अवसरमा लाखबत्ती प्रज्वलन, हवन, तिल अर्पण, पूर्णाहुति, अभिषेक तथा तिलक-प्रसाद ग्रहणजस्ता धार्मिक अनुष्ठान गरिनेछन्।
महायज्ञमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । महायज्ञ अन्तर्गत फागुन ९ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् । दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महायज्ञमा दान गर्ने दाताहरुलाइ दान रकमको आधारमा विगतका महायज्ञ सरह सम्मान गरिनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया