SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२ गते
    १८८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा । पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ्ग स्कुलमा अन्र्तराष्ट्रिय शान्ति प्रर्वतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।श्री चिन्मोई फाउण्डेसनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष सो विद्यालयमा गरिएको हो ।

    शान्तिको प्रतिक टर्च भ्रमण गराईएको कार्यक्रममा शाान्तिका लागि दौंड मार्फत अन्र्तराष्ट्रिय समुदायमा शाान्ति र भातृत्वको कामना सहित सम्पुर्ण विश्व नै एउटा सिंगो परिवार भएको सन्देश दिन खोजिएको श्री चिन्मोइ वन नेस होम पिस रनका राष्ट्रिय संयोजक श्वेता प्रधानले जानकारी दिनुभयो ।अमेरिका, अष्ट्रेलिया, उज्वेकिस्तान, जापान सहित १० वटा राष्ट्रका १५ जना प्रतिनिधीले विद्यालयका विद्यार्थीलाई विश्व शाान्ति र भातृत्वका विषयमा जानकारी गराएका थिए ।

    प्रधानले शाान्ति दौंडले विद्यार्थीमा एकाग्रता ल्याउने बताउँदै, शाान्तिपुर्ण वातावरणले विद्यार्थीको भविष्य सुन्दर बनाउने बताउनुभयो ।पोखरा म्याराथुनमा समेत सहभागिता जनाउन आएको टोलीलाई स्वागत गर्दै विद्यालयका प्रिन्सीपल सुरेन्द्रमान सिंह भण्डारीले श्री चिन्मोई अन्र्तराष्ट्रिय क्षेत्रमा काम गरेको संस्था भएको बताउँदै, यसले लिएको लक्ष्यलाई विश्व माझ पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

    उहाँले समुदायका बिच भाईचारा कायम गर्न स–साना बालवालिका देखि विद्यालय शिक्षामा नै यस्ता किसिमका विषय समावेश गरी अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । टोलीले विद्यालयको स्थलगत निरीक्षण गर्नुका साथै विद्यार्थीसँग अनुभव आदान प्रदान गरेको थियो ।सन् १९८७ मा स्थापना भएको उक्त अन्र्तराष्ट्रिय संस्थाले हालसम्म १ सय ६० बढी मुलुकमा शान्ति टर्च प्रर्दशन गरेको जनाईएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    वेस्टर्न मेगा कलेजद्वारा MBA अभिमुखीकरण कार्यक्रम सम्पन्न

    उदय अतित,बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake का नयाँ विद्यार्थीहरूका लागि...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं