SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/२ गते
    ११६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् ।

    बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन् ।

    सार्वजनिक भिडियोले युगल जोडीको प्रेम दर्शाउँछ । प्रेममा रहेको जोडीले आफूहरूको सम्बन्ध घर र समाजसँग लुकाउन गरेको आपसी समझदारी गीतमा सुन्न सकिन्छ ।

    आफ्नो जीवन एकअर्कालाई सुम्पिने निर्णय गरिसकेका युवायुवती परिवारसँग भने डराएर सम्बन्ध गोप्य राख्ने गरेको नेपाली समाजको यथार्थलाई गीतले उठान गरेको छ ।

    एकअर्कासँग नजिक भइसके पनि शारीरिक रुपमा नजिकिन हुन भने डराइरहेका युवायुवतीको कथा गीतमा सुन्न सकिन्छ ।प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कोटिहोममा भोलि जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट...

    पर्वत मिलन महिला समूहद्धारा विद्यार्थीलाई सहयोग

    पर्वत ।विभिन्न कार्यक्रमहरू सहित रजत जयन्ती मनाइरहेको पर्वत मिलन महिला समूहले तीन दिने कार्यक्रमहरू अन्तर्गत...

    प्रदेश अस्पताल पर्वतमा एक दिने आँखा शिविर हुँदै

    पर्वत। धौलागिरी प्रादेशिक अस्पतालको आयोजनामा प्रदेश अस्पताल कुश्मा, पर्वतको आँखा विभागमा भोलि मिति २०८२ साल...

    कोटिहोममा देशभरबाट आफ्ना झाकी सहित विभिन्न जातजाति सहभागी हुँदै

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विभिन्न जात जातिका...

    रोजगारमैत्री प्रदेश निर्माणका लागि दुई प्रदेशबीच अनुभव आदानप्रदान : मन्त्रीहरूको साझा प्रतिबद्धता

    पोखरा ।गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं