
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । गत वर्ष ४ चैतमा पर्यटकीय राजधानी घोषणा भएको पोखराले भ्रमण वर्ष–२०२५ मनाउने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्वमा ‘पोखरा भ्रमण वर्ष–२०२५’ मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।आगामी शनिबार पोखरा रंगशालाबाट भ्रमण वर्षको घोषणा गरिने मेयर धनराज आचार्यले जानकारी दिएका छन् ।
गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि धेरै देशहरूको ध्यान पोखरातिर भएको र सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि प्राथमिकतामा राखेको मेयर आचार्यको भनाइ छ ।
पर्यटन राजधानी पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न तथा पोखराको आन्तरिक एवं वाहृय पर्यटनलाई हालसम्मकै उच्च बिन्दुमा पुर्याउन पोखरा भ्रमण वर्षका रूपमा मनाउन लागिएको मेयर आचार्यले बताए ।
पोखरा भ्रमण वर्ष-२०२५ लाई सम्पन्न गर्न मेयर आचार्यको अध्यक्षतामा १ हजार ५ सय ५१ सदस्यीय मूल समारोह समिति गठन भएको छ । सो अन्तर्गत विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व हुने गरी ४३ वटा समितिहरू गठन गरिएको छ ।
वर्षभरि पर्यटन भ्रमण वर्षको समन्वय, सहजीकरण र कार्यसम्पादनका निम्ति गोपीबहादुर भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति पनि गठन गरिएको मेयर आचार्यले जानकारी दिए ।
पोखरामा भइरहेका सम्पदा तथा पर्यटकीय गन्तव्यलाई व्यवस्थित गर्दै लैजाने र प्रवर्द्धनका कार्यक्रमहरू पनि गरिने योजना मेयर आचार्यको छ ।
‘नेपालको पर्यटन राजधानी पोखरालाई प्राकृतिक सुन्दरता, सांस्कृतिक वैभवता र साहसिक गतिविधिको अविस्मरणीय गन्तव्यका रूपमा स्थापित गर्न संसारभरका विदेशी, गैह्रआवसीय नेपाली तथा स्वदेशी पाहुनाहरूलाई सपरिवार तथा इष्टमित्र सहित पोखरा भ्रमण गर्न आह्वान गर्ने,’ भ्रमण वर्षको योजना सुनाउँदै मेयर आचार्यले भने, ‘विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदूतावासहरूसँग समन्वय गरी संसारका विभिन्न सहरहरूमा पोखराबारे व्यापक प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गरिने छ ।’
विदेशमा रहेका नेपाली दूतावास, गैर आवासीय नेपाली संघ लगायत विभिन्नसँग संस्थाहरू तथा निकायहरूसँग समन्वय गरी पोखरा भ्रमण २०२५ लाई प्रवर्द्धन गरिदिन आह्वान गर्दै आवश्यक सहकार्य गरिने मेयर आचार्यले सुनाए ।
विश्वभर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिहरू सहित पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरहरूलाई भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणासहित पहलकदमी लिने लक्ष्य मेयर आचार्यको छ ।
भ्रमण वर्षको अवधिभर स्वदेशका ५ वटा र विदेशका ५ वटा गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने उनले बताए । ‘पोखरामा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणकाका लागि आह्वान गर्न अनुरोध गरिने छ,’ मेयर आचार्यले भने, ‘राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने र २०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी लगानी टुरिजम ईन्भेस्टमेन्ट समिटको आयोजना गर्ने लक्ष्यसमेत राखेका छौं ।’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने उनले सुनाए ।
मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाइड द्रुतमार्ग, हेरिटेज साइड, पञ्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्ग्यानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने योजना मेयर आचार्य अगाडि सारेका छन् ।
‘पोखरा घरको निर्माण सँगै सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, घण्टा घर, शौचालय र स्नान कक्षको निर्माण सम्पन्न गरिने छ,’ मेयर आचार्यले भ्रमण वर्षका प्राथमिकता सुनाए, ‘नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचारप्रसार गर्ने छौं ।’
पर्यटन राजधानी पोखरा आउने आन्तरिक तथा वाहृय पर्यटकको स्वास्थ्यलाई मध्यनजर गर्दै सेवा उद्योगमा आधारित पर्यटन व्यवसायीहरूलाई खाद्य सुरक्षा, वातावरण तथा पर्यावरणका सबन्धमा प्रवर्द्धनात्मक कार्यक्रम र व्यावसायिक क्षमता विकास लगायत कार्यक्रमहरूमा जोड दिइने मेयर आचार्यले बताए ।
पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र नीजि क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकहरूका लागि उपलब्ध गराउन सकिने प्याकेजहरू भ्रमण वर्षको औपचारिक घोषणा सभामा प्रस्तुत गरिने उनको भनाइ छ ।
पोखरालाई अझै ब्रान्डिङ गर्दै धेरैभन्दा धेरै पर्यटक भित्राउने र पर्यटनसँग जनजीविकालाई पनि जोड्ने अभियान भएकाले यसलाई सकारात्मक हिसाबले लिएर विश्वभर सन्देश पुर्याउन मेयर आचार्यले अपिल गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया