SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/११/१ गते
    २३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अफिस आउ–जाउ गर्दा तपाईं के चढेर जानु हुन्छ ? टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला । नजिकै भए पैदल हिँडेरै आउ-जाउ गर्नुहुन्छ होला ।तर, कुनै व्यक्ति हरेक दिन अफिस–घर आउ–जाउ गर्दा हवाईजहाज चढ्ने गरेको थाहा पाउनु भएको छ ? यो पढिरहँदा वा सुनिरहँदा तपाईंलाई अचम्म लाग्यो होला तर अचम्म मान्नु पर्दैन । यो साँचो कुरा हो ।

    मलेसियामा बस्दै आएकी भारतीय मूलकी एक महिला हरेक दिन अफिस–घर आउजाउ गर्दा हवाईजहाज चढ्ने गरेकी छन् । ती महिलाको नाम रेचेल कौर हो । उनलाई अफिस–घर आउ–जाउ गर्दा हरेक दिन करिब चार सय किलोमिटर लामो यात्रा गर्नुपर्छ । त्यसैले उनी हवाईजहाज प्रयोग गर्छिन् ।

    द इण्डियन एक्सप्रेसले लेखेको एक समाचार अनुसार रेचेल कौर मलेसियाको पेनाङ्ग शहरमा आफ्ना परिवारका सदस्यहरुसँग बस्छिन् । उनको अफिस भने क्वालालम्पुरमा छ । उनी एयर एसियाको लेखा शाखामा एसिस्टेन्ट म्यानजेरको रुपमा काम गर्छिन् । त्यसैले उनी हरेक दिन पेनाङ्गबाट क्वालालम्पुर आउ–जाउ गर्नुपर्छ ।

    द इण्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी बिहानै चार बजे उठ्छिन् र साढे ६ बजे हवाईजहाज उड्ने तालिका भएकाले ५ बजे नै आफैं गाडी चलाएर घरबाट एयरपोर्ट प्रस्थान गर्छिन् । पेनाङबाट क्वालाम्पुरसम्म पुग्न करिब ३०–४० मिनेट लाग्छ । उनी ७ बजेर ४५ मिनेटमा अफिस पुगिसक्छिन् । दिनभर काम गरेर साँझ करिब ७ः३० बजे घर फर्किन्छिन् ।’

    सुरु–सुरुमा उनले क्वालम्पुरमा डेरा लिएकी थिइन् र हप्ताको एक दिन पेनाङ्गस्थित घर आउँथिन् । उनका दुई बच्चा छन् । उनीहरु ११ र १२ वर्षका छन् । बच्चाहरु ठूला हुँदै गएकाले उनीहरुलाई समय दिनु आवश्यक छ । त्यसैले सन् २०२४ को सुरुवातदेखि हवाईजहाज चढेर भए पनि दिनहुँ अफिस–घर आउ–जाउ गर्ने गरेको उनको भनाइ छ ।

    सीएनए इन्साइडरसँगको अन्तर्वार्तामा रिचेलले भनेकी छन्– बिहान चार बजे नै उठेर, अफिस गएर, दिनभर काम गरेर घर फर्किंदा निकै थकाइ लागेको हुन्छ । तर जब घरमा आफ्ना बच्चाहरुलाई भेट्छु तब सबै थकाइ मेटिन्छ । यो क्षण अदभूत छ ।

    उनका अनुसार एकतर्फी हवाई भाडामा ११ डलर (करिब १ हजार ५२४ रुपैयाँ) खर्च हुन्छ । उनका अनुसार डेरा भाडा, खाना, खाजामा लाग्ने खर्चको तुलनामा हवाईजहाजमा आउ–जाउ गर्दा हुने खर्च कम हुन्छ । उनका अनुसार पहिले उनको मासिक खर्च ४७४ डलर (करिब ६५ हजार ७०२ रुपैयाँ) हुन्थ्यो । तर हवाईजहाजबाट आउजाउ गर्न थालेपछि मासिक खर्च घटेर ३१६ डलर (करिब ४३ हजार ८०१ रुपैयाँ) भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं