
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । अफिस आउ–जाउ गर्दा तपाईं के चढेर जानु हुन्छ ? टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला । नजिकै भए पैदल हिँडेरै आउ-जाउ गर्नुहुन्छ होला ।तर, कुनै व्यक्ति हरेक दिन अफिस–घर आउ–जाउ गर्दा हवाईजहाज चढ्ने गरेको थाहा पाउनु भएको छ ? यो पढिरहँदा वा सुनिरहँदा तपाईंलाई अचम्म लाग्यो होला तर अचम्म मान्नु पर्दैन । यो साँचो कुरा हो ।
मलेसियामा बस्दै आएकी भारतीय मूलकी एक महिला हरेक दिन अफिस–घर आउजाउ गर्दा हवाईजहाज चढ्ने गरेकी छन् । ती महिलाको नाम रेचेल कौर हो । उनलाई अफिस–घर आउ–जाउ गर्दा हरेक दिन करिब चार सय किलोमिटर लामो यात्रा गर्नुपर्छ । त्यसैले उनी हवाईजहाज प्रयोग गर्छिन् ।
द इण्डियन एक्सप्रेसले लेखेको एक समाचार अनुसार रेचेल कौर मलेसियाको पेनाङ्ग शहरमा आफ्ना परिवारका सदस्यहरुसँग बस्छिन् । उनको अफिस भने क्वालालम्पुरमा छ । उनी एयर एसियाको लेखा शाखामा एसिस्टेन्ट म्यानजेरको रुपमा काम गर्छिन् । त्यसैले उनी हरेक दिन पेनाङ्गबाट क्वालालम्पुर आउ–जाउ गर्नुपर्छ ।
द इण्डियन एक्सप्रेसले लेखेको छ, ‘उनी बिहानै चार बजे उठ्छिन् र साढे ६ बजे हवाईजहाज उड्ने तालिका भएकाले ५ बजे नै आफैं गाडी चलाएर घरबाट एयरपोर्ट प्रस्थान गर्छिन् । पेनाङबाट क्वालाम्पुरसम्म पुग्न करिब ३०–४० मिनेट लाग्छ । उनी ७ बजेर ४५ मिनेटमा अफिस पुगिसक्छिन् । दिनभर काम गरेर साँझ करिब ७ः३० बजे घर फर्किन्छिन् ।’
सुरु–सुरुमा उनले क्वालम्पुरमा डेरा लिएकी थिइन् र हप्ताको एक दिन पेनाङ्गस्थित घर आउँथिन् । उनका दुई बच्चा छन् । उनीहरु ११ र १२ वर्षका छन् । बच्चाहरु ठूला हुँदै गएकाले उनीहरुलाई समय दिनु आवश्यक छ । त्यसैले सन् २०२४ को सुरुवातदेखि हवाईजहाज चढेर भए पनि दिनहुँ अफिस–घर आउ–जाउ गर्ने गरेको उनको भनाइ छ ।
सीएनए इन्साइडरसँगको अन्तर्वार्तामा रिचेलले भनेकी छन्– बिहान चार बजे नै उठेर, अफिस गएर, दिनभर काम गरेर घर फर्किंदा निकै थकाइ लागेको हुन्छ । तर जब घरमा आफ्ना बच्चाहरुलाई भेट्छु तब सबै थकाइ मेटिन्छ । यो क्षण अदभूत छ ।
उनका अनुसार एकतर्फी हवाई भाडामा ११ डलर (करिब १ हजार ५२४ रुपैयाँ) खर्च हुन्छ । उनका अनुसार डेरा भाडा, खाना, खाजामा लाग्ने खर्चको तुलनामा हवाईजहाजमा आउ–जाउ गर्दा हुने खर्च कम हुन्छ । उनका अनुसार पहिले उनको मासिक खर्च ४७४ डलर (करिब ६५ हजार ७०२ रुपैयाँ) हुन्थ्यो । तर हवाईजहाजबाट आउजाउ गर्न थालेपछि मासिक खर्च घटेर ३१६ डलर (करिब ४३ हजार ८०१ रुपैयाँ) भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया