SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/३० गते
    १७९ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्।

    नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख भ्रातृसंस्थाको अधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुगेको बताएका हुन्।

    मधिवेशन प्रक्रिया रोकिँदा कांग्रेसको प्रजातान्त्रिक चरित्रमाथि समेत प्रश्न उठ्ने गरेको उनले औंल्याए। ‘लोकतन्त्रको पहिलो विशेषता आवधिक निर्वाचन हो। यो प्रक्रियाबाट पार्टी र भ्रातृ तथा सुवेच्छुक संस्थालाई बाहिर्‍याउँदा लोकतन्त्रलाई कमजोर बनाउँछ। लोकतन्त्र कमजोर हुँदा पार्टीलाई क्षति पुग्छ। जनता पनि कमजोर हुन्छन्,’ उनले भने।

    यस विषयमा पार्टीको निर्णायक तहमा बसेका पदाधिकारी गम्भीर बन्नुपर्ने उनको भनाइ छ। महाधिवेशनका लागि गठित निर्देशक समिति जिम्मेवारी लिन प्रतिवद्ध देखिए पनि नेतृत्व प्रतिवद्ध नदेखिएको उनले औंल्याए।

    https://youtu.be/Aad2p2BJ8hA?si=vzhwlo8cPAxCeQJh

    ‘समग्र पार्टी र मातहतका निकायले महाधिवेशन समयमै सम्पन्न गर्नका लागि सहयोग गर्नु आवश्यक छ। पार्टीमा बढीभन्दा बढी युवालाई जोड्ने महाधिवेशनका माध्यमले नै हो। समयमै महाधिवेशन सम्पन्न नगर्ने चरित्रले पार्टी र लोकतन्त्र बलियो हुन सक्दैन,’ उनले भने।

    चैतभित्रै महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुनुपर्ने र कुनै बहानामा ढिलाइ गर्न नहुनेमा महरको जोड छ। नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायत भ्रातृसंस्थाको अधिवेशन हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं