SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/३० गते
    १५२ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। गण्डकी प्रदेशको दुर्गम स्थान हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङमा संचालनमा रहेको छोन्हुप जिन्जु आधारभुत विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ न्युरोड पोखराले मंगलबार पोखराको हेम्जामा न्यानो कपडा वितरण गरेको छ ।

    जाडो मौसममा लोमन्थाङबाट पोखरा झरी घुम्ती विद्यालयको रुपमा हेम्जा–२५, सुइखेतमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई जाडोको कपडा आवश्यक भएकाले ४१ थान न्यानो कपडा शिरदेखि पाउसम्मको हुट सेट वितरण गरिएको कार्यक्रमका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शिक्षाविद् रविप्रसाद बरालले जानकारी दिनुभयो ।

    त्यसैगरी विद्यालयका प्राचार्य वाङ्दी गुरुङले ६ विद्यालय मर्ज भएर हाल यो विद्यालयमा ४१ जना विद्यार्थी रहेको जानकारी दिनुहुदै रोटरी क्लबको प्रसंशा गर्नुभयो ।

    चिसो सुरु भएपछि लोमन्थाङबाट पोखरा झरेका विद्यार्थीहरु बैशाखको पहिलो हप्तामा मात्र लोमन्थाङ जानेछन् । कार्यक्रममा क्लबका अध्यक्ष दिपेन्द्र शर्मा रोटरी क्लबले शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं