SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/३० गते
    २५४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । प्रेस चौतारी पर्वत शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपेश बिश्वकर्माको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा शान्ति सुवेदी र विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा पुजना, कोषाध्यक्षमा महेश भुषाल, सह सचिवद्धय प्रेम शर्मा र कमला लामिछाने चयन भएका छन् । नव गठित समितिको सदस्यहरुमा रमेश पौडेल, सुजन आचार्य, नारायण अधिकारी र सुजन पौडेल चयन भएका छन् ।

    शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्व अध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो ।

    अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि तथा पूर्व मन्त्री अर्यालले सामाजिक सञ्जाल नियमन ऐन नियमनकारी भएको भन्दै ऐन नियन्त्रणकारी नभएको दावी गरिन । उनले अराजकताले देशलाई बर्बादीमा लैजाने भन्दै यसको नियमनको लागि ऐन आवश्यक रहेको समेत बताईन् ।

    कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि उप सचिव मञ्जु अधिकारी, एमाले जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी, प्रेस चौतारी केन्द्रिय सदस्य गणेश पौडेल, चौतारीका पूर्व अध्यक्ष इन्द्रमान खत्री, प्रेस चौतारी प्रदेश कमिटि उपाध्यक्ष उमाकान्त शर्मा, पत्रकार महासंघ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रेस सेन्टर प्रदेश कमिटि सदस्य राजबाबु पिसी, उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल लगाएतले अधिवेशनमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको सञ्चालन सचिव दिपेश विश्वकर्माले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं