SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२९ गते
    १९७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा हुने सोंथर बेँसी टारी बजार मेलाको तयारी पुरा भएको छ ।

    मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङले जानकारी दिए ।‘मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आ–आफ्नो जिम्वेवारी पुरा गरिसकेका छन्’ संयोजक गुरुङले भने, ‘सवैको सहयोगको कारण मेला सभ्य र भभ्य रुपमा सम्पन्न हुने हामीले अपेक्षा गरेका छौ ।’

    तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको हो ।

    मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।

    त्यस्तै खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला फाइब ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ ३० बर्ष भन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्ट्छुट्टै खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चलित्र नाच, स्थानीय दोहोरी तथा गायक गायिकाहरुको गायन, भजन लगायत प्रस्तुति रहने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका आजीवन सदस्य बेद बहादुर गुरुङले जानकारी दिए ।

    गत बर्ष राखिएको गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको हुँदा यस बर्ष सो प्रतियोगिता विशेष रुपमा गरिने सोंथर बेँसी विकास समितिका सचिव डील्लीराज गिरीले बताए । गत बर्ष गोरु जुधाइँ प्रतियोगितामा २० गोरु सहभागि रहेकोमा स्थानीय पदम बहादुर बिकको गोरु प्रथम र प्रदिप गिरिको गोरु द्धितीय भएको गिरीले जानकारी दिए ।

    त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवद्र्धनको सम्भावना शीर्षकमा वक्तित्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समितिका द्धितीय उपाध्यक्ष दिर्गमान गुरुङले जानकारी दिए । मेला लाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रचारप्रसार संयोजक दिपकजंग गुरुङले जानकारी दिए । मेला सञ्चालनक गर्त करिव ५ लाख खर्च लाग्ने समितिका कोषाध्यक्ष रमा क्षेत्रीले बताइन् ।

    ३५ वर्स अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो टारी बजार मेला विविध कारण हराउन पुगी स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै पुनः शुरुवात गरिएको छ । २०७९ सालमा त्यस भेकका सामाजिक अगुवाहरुको पहलमा सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराइ सो समितिले मेलालाई पुन ब्युताउने काम गरेको मादी – ८ का जनप्रतिनिधि तथा सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ्ले जानकारी दिए । गत २०७९ र २०८० सालमा दर्शकहरुको उत्साहजनक सहभागिता बीच ३ दिन सम्म मेला चलेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं