
१प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
३शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
४बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
५महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
६गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
७पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
८पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा हुने सोंथर बेँसी टारी बजार मेलाको तयारी पुरा भएको छ ।
मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला संयोजक तथा सोंथर बेँसी विकास समितिका प्रथम उपाध्यक्ष आस बहादुर गुरुङले जानकारी दिए ।‘मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिले आ–आफ्नो जिम्वेवारी पुरा गरिसकेका छन्’ संयोजक गुरुङले भने, ‘सवैको सहयोगको कारण मेला सभ्य र भभ्य रुपमा सम्पन्न हुने हामीले अपेक्षा गरेका छौ ।’
तेस्रो संस्करणको मेला फागुन १ र २ गते सम्म चल्ने छ । सोंथर बेँसी जाऔं, टारी बजार मेलामा सहभागी बनौं र त्यस आसपास क्षेत्रको कृषि पर्यटन प्रवर्धन गरौ भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला आयोजना गर्न लागेको हो ।
मेलामा कृषि कार्यक्रमहरु तर्फ गोरु जुधाइँ प्रतियोगिता, साथै गोरु प्रदर्शन एवं किनबेच साटासाट , खसी बोका बाख्रा, मह, घ्यु, आलु, तरकारी, माछा लगायत कृषि वस्तु तथा पशुको प्रदर्शन तथा किनबेच समेत हुने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका कार्यसमिति सदस्य नन्दलाल अधिकारीले जानकारी दिए ।
त्यस्तै खेलकुद प्रतियोगिताहरु तर्फ खुल्ला फाइब ए साइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, खुल्ला पुरुष तथा महिला रसी तान्ने रहेका छन् भने सांस्कृतिक कार्यक्रमहरु तर्फ ३० बर्ष भन्दा माथि उमेर समूह र ३० बर्ष भन्दा कम उमेर समूहको छुट्ट्छुट्टै खुल्ला सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चलित्र नाच, स्थानीय दोहोरी तथा गायक गायिकाहरुको गायन, भजन लगायत प्रस्तुति रहने मेलाका सहसंयोजक तथा सोंथर बेँसी विकास समितिका आजीवन सदस्य बेद बहादुर गुरुङले जानकारी दिए ।
गत बर्ष राखिएको गोरु जुधाइँ प्रतियोगिताले दर्शक तथा गोरु पाल्ने किसानहरुलाई निकै आकर्षण गराएको हुँदा यस बर्ष सो प्रतियोगिता विशेष रुपमा गरिने सोंथर बेँसी विकास समितिका सचिव डील्लीराज गिरीले बताए । गत बर्ष गोरु जुधाइँ प्रतियोगितामा २० गोरु सहभागि रहेकोमा स्थानीय पदम बहादुर बिकको गोरु प्रथम र प्रदिप गिरिको गोरु द्धितीय भएको गिरीले जानकारी दिए ।
त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला श्रुति लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागि सोंथर बेँसी परिसरमा कृषि पर्यटन प्रवद्र्धनको सम्भावना शीर्षकमा वक्तित्वकला प्रतियोगिता राखिएको सोंथर बेंसी विकास समितिका द्धितीय उपाध्यक्ष दिर्गमान गुरुङले जानकारी दिए । मेला लाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रचारप्रसार संयोजक दिपकजंग गुरुङले जानकारी दिए । मेला सञ्चालनक गर्त करिव ५ लाख खर्च लाग्ने समितिका कोषाध्यक्ष रमा क्षेत्रीले बताइन् ।
३५ वर्स अघि त्यस भेककै प्रख्यात रुपमा रहेको सो टारी बजार मेला विविध कारण हराउन पुगी स्थगित भएपछि गत २०७९ सालबाट थप परिस्कृत गर्दै पुनः शुरुवात गरिएको छ । २०७९ सालमा त्यस भेकका सामाजिक अगुवाहरुको पहलमा सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराइ सो समितिले मेलालाई पुन ब्युताउने काम गरेको मादी – ८ का जनप्रतिनिधि तथा सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङ्ले जानकारी दिए । गत २०७९ र २०८० सालमा दर्शकहरुको उत्साहजनक सहभागिता बीच ३ दिन सम्म मेला चलेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया