SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२८ गते
    २९४ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ । युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।
    समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग गर्ने आश्वासन दिनुभयो ।

    मन्त्री अग्रवालले कपिलवस्तुका खेलाडीहरूलाई प्रदेश सरकारबाट विशेष सहयोग गर्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा खेलकुद मैदान निर्माण, खेलाडीहरूको प्रोत्साहन गर्नका लागि विशेष बजेट छुट्याउने बताउनुभयो ।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री अर्जुनकुमार केसीले खेलाडीहरूको आत्मबल बढाउनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

    यस क्षेत्रमा ऐतिहासिक रूपमा केपीएल प्रिमियर कप भएको भन्दै सांसद केसीले आयोजकलाई धन्यवाद दिनुभयो ।पूर्वमन्त्री ईश्वर दयाल मिश्रले कपिलवस्तुको पछाडि परेको क्षेत्रमा यस्ता खेल आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आउने दिनमा पनि यस्ता रचनात्मक क्रियाकलाप तर्फ युवाहरू लाग्नुपर्ने पूर्वमन्त्री मिश्राको भनाई रहेको थियो ।

    आजको समापन खेलमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बहादुरगंज र शिवराज नगरपालिकाको मोतिनगर बीच प्रतिस्पर्धा भएको थियो ।क्रिकेट खेलमा मोतीनगरले बहादुरगंजलाई हराउँदै च्याम्पियनसिपको उपाधि हात पारेको खेल संयोजक रहित शाहले बताउनुभयो ।

    मोतीनगरले १ सय ३१ रनको टार्गेट दिएको थियो । बहादुरगंज ५६ रनमा मात्रै अलाउट हुदा केपीएल प्रिमियर कपको च्याम्पियन सिप मोतीनगर भएको थियो । मोतीनगरले १ लाख १ हजार नगद पुरस्कार जितेको छ ।

    उपविजेता कृष्णनगरको बहादुरगंजले रु ५१ हजार जितेको इन्डो नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले बताउनुभयो ।
    माघ १२ गतेबाट सुरु भएको प्रतियोगितामा कपिलवस्तुका २५ भन्दा बढी समूहले सहभागिता जनाएको आयोजक मिर्जा रासिद बेगले बताउनुभयो ।

    म्यान अफ द सिरिज लुम्बिनी प्रदेश प्रहरीको क्रिकेट खेलाडी युवराज सेनले जितेका थिए।कार्यक्रमका आयोजक मिर्जा राशिद, अकरम पठान, रहिश शाह लगायतले आहोरात्र खटि कपिलवस्तु प्रिमियर लिग प्रिमियर कप लाई जिल्लामा नै ऐतिहासिक बनाउन सफल भएका हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं