SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२७ गते
    २३१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताउनुभएको छ ।

    लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकमा प्रमुख अतिथि रहनुभएका भट्टले मानवीय सेवामा समर्पित हुनेहरु पवित्र मन भएका व्यक्तिहरु रहेको र यस्ता नागरिकले राष्ट्र निर्माणमा योगदान दिने बताउनुभयो । लायन्स, रोटरी, जेसीज जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले मानवीय सेवामा जोड्न अभिप्रेरित गरेको उहाँको भनाई छ ।

    महाभूकम्पको समयमा लायन्स क्लबले नेपालमा पु¥याएको राहत सहयोग प्रशंसनीय रहेको बताउँदै उहाँले कुनै पनि, जाती, भाषा, धर्म, संस्कृति र राजनीतिक विचारभन्दा माथि उठेर सदा मानवीय सेवामा अग्रसर लायन्स क्लबले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास र ठूलो सञ्जाल विस्तार गरी संसारभर सहयोग अघि बढाएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो ।

    ‘पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको छु । दुर्गम जिल्लामा लायन्स क्लबको विस्तार हुनु राम्रो र सबल पक्ष हो ।’ उहाँले भन्नुभयो– ‘नयाँ पुस्ताहरुलाई सामाजिक कार्यमा संलग्न गराउँदै विकास निर्माण कार्यमा जोड्नु आजको आवश्यकता हो । संयुक्त नेतृत्व निर्माणमा यसले महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’

    उहाँले लायन्स क्लबहरूले मानवीय सेवामा गरेका कार्यक्रमहरुको छलफल तथा सरोकारवाला निकायसँगको सहकार्यमा भावी कार्ययोजना सम्बन्धमा बैठक प्रभावकारी बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    पहिलोपटक पर्वत महोत्सवमा टिकटक च्यालेन्ज प्रतियोगिता हुँदै

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    लोकप्रियतावादले मुलुकलाई अप्ठ्यारोमा पार्दैछः काँग्रेस नेता जोशी

    ​पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालको राजनीतिमा प्रकट भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं