SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२७ गते
    ३१५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा (एमाले) कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको दोस्रो वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा रुद्रबहादुर के.सी सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा युवनाथ पौडेल, सचिवमा विनोद सुवेदी, उपसचिवमा मिलन पौडेल र राधिका पौडेल सर्वसम्मत भएका छन् । अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

    नेकपा (एमाले) पर्वतका अध्यक्ष गोविन्द पहाडीको उपस्थितिमा नवगठित कमिटीको शपथ ग्रहण तथा वडा स्तरीय प्रशिक्षण कार्यक्रम पनि अधिवेशनपछि सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश कमिटी सदस्य खुमप्रसाद सुवेदी, जिल्ला कमिटीका सचिव सुवासचन्द्र पौडेल, नगर कमिटीका अध्यक्ष किशोर सापकोटाले पनि प्रशिक्षण गरेका छन् । सोही अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज राजेन्द्र पौडेलले जिल्लाले गरेका सर्कुलर तथा पार्टीका अन्य गतिविधिहरू चलायमान गराउनको लागि आफ्ना भनाई राखे ।

    निवर्तमान अध्यक्ष ढाकाराम सापकोटाले पदाधिकारी तथा सदस्य एवं सिङ्गो पार्टी कमिटी र शुभचिन्तकहरूमा धन्यवाद व्यक्त गरे ।
    निर्वाचित अध्यक्ष रुद्रबहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका बुद्धिजीवी, पूर्व पदाधिकारी तथा सदस्य, जनप्रनिधिहरु, पूर्व शिक्षक, युवा, महिला सहित स्थानीय कार्यकर्ताहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको सञ्चालन उपसचिव मिलन पौडेलले गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्ष के.सीले सबैसँग हातोमाले गर्दै पार्टीका गतिबिधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं