SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२५ गते
    २४७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ । वितरण कम्पनी डीसीएनका अनुसार यस चलचित्रले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ । यो आँकडा दोस्रो हप्ताको लागि उत्साहजनक हो । यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन् ।

    यति बेला यो चलचित्र नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ । हाल यसको रिलिजको लागि अभिनेता प्रदिप खड्का जापान पुगेका छन् । दुई दिन अघि जापानको यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ दर्शकसँग बसेर खड्काले चलचित्र हेरे । उनी जापानका विभिन्न सहरहरूमा आयोजना हुने शोहरूमा सहभागी भई अमेरिका प्रस्थान गर्नेछन् । खड्का अमेरिकामा पनि यही चलचित्र रिलिजको लागि जान लागेका हुन् । खड्का सम्बद्ध कम्पनीले यस चलचित्रको अमेरिका र क्यानडाको वितरण अधिकार खरिद गरेको हो । यो चलचित्र युरोपमा समेत रिलिज हुँदैछ ।

    दर्शकबाट यस चलचित्रको अर्को भागको पनि माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको चलचित्र ‘लुट’सँग समेत दर्शकबाट तुलना गरिएको छ । यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन् । प्रदिप खड्काले आफूलाई भर्सटाइल अभिनेताको रूपमा यस चलचित्रबाट पुनः प्रमाणित गरेका छन् । नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि चलचित्रमा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ । केही वर्षको अन्तरालमा चलचित्रमा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ ।

    यस चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं