
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ। समापन समारोहमा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले खेलर सस्कृतीलाई पर्यटनमा जोडी पर्वत जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन यो महोत्सवले उल्लेखनीय भृमिका खेलेको बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि गण्डकी प्रदेशले विशेष कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी गण्डकी प्रदेश खेलकुद सदस्य सचिब श्रीधर शर्माले गण्डकी प्रदेशका ११ वटा जिल्लाले गर्न नसकेको काम यस जिल्लाले गरेर इतिहास लेखाउन सफल भएको मा खुसी ब्यत गर्दै पर्वत जिल्ला बाट अरु जिल्लाले पाठ सिकी खेलको बिकसमा जोड दिन आग्रह गर्नुभयो ।
खेलकुद महोत्सवमा अयोजना गरिएका परम्परागत आर्चारी खेल (तारो), १४ बर्ष मुनिका छात्रा ,छात्र कबड्डी, पौढ भलिबल प्रतियोगिता, अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला खुल्ला भलिबल प्रतियोगिता,रतौली गित,झाकी र्याली प्रतियोगिता,पर्वत डान्स आईडल आदी खेललाई पुरस्कार बितरण गरिएको थियो । रतौली गित प्रतियोगितामा सहभागी ९ समूह मध्य प्रथम स्सहनसिल महिला समूह खरिया, ,द्वितीय डन साईन एकेडेमी अमलाचौर, तृतिय ,बगैचा आमा समुह कुश्मा भएका थिए। प्रथमले २० हजार र प्रमाण पत्र,द्धितिय, १५र तृृतियले ८ हजार र प्रमाण पत्र प्रदान गरिएको रतौली संयोजक हेमा जिसीले बताउनु भयो । परम्परागत आर्चारी खेल (तारो),मा जम्मा ७ टिम सहमागि भएका थिए, जसमा परम्परागत आर्चरी टिम म्याग्दी प्रथम,छन्त्याल आर्चरी टिम पोखरा द्धितिय,थकाली समाज आर्चरी टिम तृतिय भएका थिए । १४ बर्ष मुनिका छात्रा ,छात्र कबड्ड प्रतियोगितामा छात्रा तर्फ नब जागृत माबि मोदी गा पा प्रथम, नब ज्योती मावि थम द्धितिय भएका थिए ।
छात्र कबड्ड प्रतियोगितामा नमुना आ.मा.वि कुश्मा प्रथम, नारायण मावि द्धितिय भएका छन । पौढ भलिबल प्रतियोगितामा पर्वत भलिबल टिम प्रथम, युनाइटेड किंस पोखरा द्धितिय भएका थिए । पर्वत डान्स आईडलमा ४५ जना सहभागि मध्य सोफिया गर्बुजा पर्वत डान्स आईडल बन्न सफल भएकी थिइन भने उपबिजेता बिपना पुलामी मगर बनेकी थिइन । र्यालीमा ४५ वटा टिम सहभागी भएका मध्य सर्बउत्कृष्ठ झाँकीलाई पुरस्कृत गरिएको थियो ।
जसमा मोदी पुनमगर समाज,प्रथम,हिमला पुनमगर आमा समूह कुश्मा ४,द्धितीय ,नेवा, सास्कृतिक समूह कुश्मा ५ ,तृतीय, नेपाल अन्तराष्ट्रिय कृष्ण भावनात्म सघं, सान्त्वना, बह्माकुमारी ईश्वरीय विश्व विध्यालय कुश्मा ५, सान्त्वना हुन सफल भएको झाँकी र्याली संयोजक सम्झना पौडेलले जानकारी दिनुभयो । ४० केजी भन्दा मुनि,२५ केजी भन्दा माथि तौल समुहका बाल बालिका बिच तेक्वान्डो र कराते लाई पनि पुरस्कार बितरण गरएिको थियो । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले हात पारेको छ ।
फाईनल खेलमा पर्वत भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट २५र२७, दोस्रो सेट २५र२७ ले स्याङ्जाले जितेको थियो भने तेस्रो सेटक २२–२५ ले पर्वतले जितेको थियो । त्यसैगरी चौथो सेटमा पुनः स्याङ्ले २२र२५ को अन्तरमा जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
यो सँगै पर्वत भलिवल संघ उपबिजेताबनेको छ । भने प्रतियोगितामा तेस्रो म्याग्दी भलिबल संघ बनेको छ । यो प्रदेशको छनौट खेल समेत हो । उपाधिसँगै स्याङ्जाले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा म्याग्दीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति पर्वतले आयोजना गरेको जिल्ला स्तरीय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ८ वटा जिल्लाले भाग लिएका थिए ।
यसैगरी खुल्ला महिला भलिवल छनौट खेलतर्फको उपाधि म्याग्दीले हात पारेको छ । म्याग्दी र पर्वतबीच भएको फाईन खेलमा ३–०को सोझो सेटमा म्याग्दीले उपाधि हात पारेको हो । महिलातर्फ कास्कीको समुह तेस्रो बनेको छ ।उपाधिसँगै म्याग्दी भलिबल संघले नगद रु। ७५ हजार ट्रफि र प्रमाणपत्र, पर्वतले रु।५० मेडल र प्रमाणपत्र तथा कास्कीले रु।३० मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो ।
उक्त महोत्सव १० दिन सम्म सञ्चालन भएको थियो । खेल सगैँ मनोरञ्जन र खेलकुदको बिकास का लागि गरिएको महोत्सब भब्य रुपमा सफल भएको प्रचार प्रसार संयोजक गोबिन्द रिजालले जानकारी दिनुभयो।महोत्सवमा १० दिन सम्म स्थानिय तथा राट्रिय कलाकारको बेजोड प्रस्तुति रहेको थियो । समापन समारोहमा कार्यसमिती लगाएत बिभिन्न सघं सस्थालाई सम्मान गरिएको थियो ।
जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष हर्कमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममको सञ्चालन लोक गायक एवम पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया