SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२३ गते
    २५५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा आगामी फागुन ३ गते शिविर संचालन हुन लागेको क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिनुभयो । जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा हुने शिविरमा सुगर प्रेसर सहित निशुल्क ईको र ईसिजी सेवा प्रदान गरिने कार्यक्रम संयोजक शिवराज देवकोटाले बताउनु भयो ।

    शिविरमा काडियोलोजिष्ट डा मनोज कोईराला, कन्सल्टेन्ट फिजिसियन डा सुनिल गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोलीले सेवा प्रदान गर्ने संयोजक देवकोटाले जानकारी दिनुभयो ।

    बाटुलेचौरस्थित कालिका भवनमा हुने शिविरको आन्तरिक तयारी शुरु गरिएको बताईएको छ । शिविरको व्यवस्थापन गर्न देवकोटाको संयोजकत्वमा क्लवका पुर्व अध्यक्ष सुशील वस्नेत र सुन्दर थापा सदस्य रहनु भएको छ ।

    समितिले मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरमा सहभागी भई सेवा लिन आग्रह समेत गरेको छ । क्लवले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं