SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२२ गते
    ३२९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ । पहिलो चरणमा जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, जलजला गाउँपालिका र फलेवास नगरपालिकाले मंगलवारदेखि शुभारम्भ भएको हो । खोप अभियानको जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले शुभारम्भ गर्नुभएको छ । कुश्माको नारायण माविमा आयोजित एक समारोहका बीच खोप अभियानको शुभारम्भ गरिएको हो ।

    उहाँले यो अभियानमा कोहिपनि किशोरी छुट्न नहुने बताउनुभयो । विद्यालयमा आउनेहरुलाई विद्यालयमै र विद्यालय बाहिर रहेका किशोरीहरुलाई घरघरमै गएर भएपनि खोप लगाउन उहाँले आग्रह गर्नुभएको छ । महिलाहरुको संवेदनशिल स्वास्थ्यसँग जोडिएको खोप अभियानलाई सफल बनाउनका लागि सम्पुर्ण पर्वतवासीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आजदेखि फागुन ६ गते स्म्मको अभियानलाई पुर्ण रुपमा सफल बनाउनका लागि नगरका सवै संयन्त्रहरु प्रयोग गरिने बताउनुभयो । उहाँले लक्षित समुहभित्रका कोहिपनि किशोरीहरु खोप लगाउनवाट बञ्चित हुन नहुने उहाँको भनाई छ ।

    कार्यक्रममा कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले पनि आ–आफ्‌ना नानीहरुलाई समयमै खोप लगाउनका लागि अभिभाावक, शिक्षकहरुले आवश्यक सहयो पुर्‍याउन आग्रह गर्नुभयो ।पर्वत जिल्लाका चार हजार सात सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन थालिएको हो । जिल्लाका सातवटा गाउँपालिकामा रहेका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई आजदेखि अभियानकै रुपमा खोप लगाउन थालिएको प्रादेशिक स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

    जिल्लाभर निजी तथा सामुदायिक विद्यालयमा एक सय ९५ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ५२ जना बालिकालाई पनि छुट्टै व्यवस्था गरी सो अवसरमा खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय पर्वतका खोप सुपरभाईजर नारायण रेग्मीले जानकारी दिनुभयो । दोस्रो चरण अन्तर्गत माघ २८ गते देखि फागुन ६ गतेसम्म विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पै यू गाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिनुभयो ।

    यसैबीच जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहनुभएका विष्णुराम विकले जिल्लाका विभिन्नगाउँपालिकामा सञ्चालन हुने कार्यालयका जनस्वास्थ्य निरिक्षक प्रकाश गौतमले जानकारी दिनुभयो ।स्थानमा संचालित खोप केन्द्रहरुमा पुगेर खोप अभियानको अनुगमान समेत गर्नुभएको छ । पर्वतमा संचालन हुने खोप अभियानमा एक सय पाँच खोप फोकल पर्सन, एक सय ९५ खोप स्वास्थ्यकर्मी र तीन सय ९० स्वयमसेवकहरु परिचालन गरिएको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

    पर्वत। पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको...

    पर्वत जेसिज-२०२६ को अध्यक्षमा शर्मिला पौडेल

    पर्वत।पर्वत जेसिज बर्ष-२०२६ को अध्यक्षमा शर्मिला पौडेल चयन हुनुभएको छ । सनिबार सम्पन्न जिल्ला शाखाको...

    पर्वत प्रदेश अस्पताल कुश्मामा विशेषज्ञ सेवा विस्तार

    ​पर्वत । पर्वतको कुश्मामा रहेको प्रदेश अस्पतालमा विशेषज्ञ सेवाहरूको विस्तारसँगै स्थानीय बासिन्दाको लागि ठूलो राहत...

    महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

    पर्वत।पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य...

    दाँत एवम् मुख रोग सम्बन्धी सम्पूर्ण उपचार बढ्नीमा

    अजय मिश्र ,कृष्णनगर, कपिलवस्तु ।कपिलवस्तु जिल्लाको कृष्णनगर सँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं