SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२० गते
    ३५७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । आगामी माघ २२ गते पर्वतमा नेपाली कांग्रेस क्षेत्र न २ (ख) को प्रथम सम्मेलन हुनेभएको छ । सम्मेलनलाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोन गर्ने भएका छन् । पर्वतको पैयू गाउँपालिका हुवासको हातेमालो चोकमा आयोजना हुने सम्मेलनलाई ब्यवस्थित बनाउन कांग्रेस क्षेत्रीय समितिले विभिन्न उप समितिहरु मार्फत तयारी अगाडि बढाएको क्षेत्रीय कार्य समितिका अध्यक्ष तथा विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । गुरुङका अनुसार क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधिहरुको सहभागीता रहनेछ ।]

    क्षेत्रीय सम्मेलन झण्डै ५ सय भन्दा बढि प्रतिनिधि सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए । समितिको बैठकले सम्मेलन सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले फलेबास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।

    आर्थिक समितिको सदस्यमा क्षेत्रीय समितिका सभापति परविन गुरुङ, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राज, फलेबास नगरपालिका सभापति हिरामणी सापकोटा, पैयुँ गाउँपालिका सभापति डम्बरकुमार प्रधान, बिहादी गाउँपालिका सभापति बिष्णुप्रसाद भुसाल, महाशिला गाउँपालिका सभापति उज्वल गुरुङ रहनुभएको छ । त्यसैगरी पैयुँका सभापति डम्बरकुमार प्रधानको संयोजकत्वमा मञ्च ब्यवस्थापन समिति गठन गरिएको छ । सदस्यहरुमा कृष्ण भुर्तेल, मिन न्यौपाने, सनबहादुर राना, अभि गुरुङ, तिलकप्रसाद श्रेष्ठ रहनुभएको छ ।

    अतिथि सत्कारतर्फ जानकी प्रधानको संयोजकत्वमा लिलादेवी शर्मा तिवारी, निर्मला शर्मा रेग्मी, रिता राना, कोपिला थापा, साबित्रीदेवी थापा रहनुभएको छ । युवराज भुसालको संयोजकत्वमा साजन परियार, ४ वटै पालिका सभापतिहरु, ३० वटै वडाका सभापतिहरु रहनुभएको छ । स्वागत समितिमा सभापति परविन गुरुङको संयोजकत्वमा प्रदेश ख बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी, सदस्य, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सम्पूर्ण प्रदेश समितिका पदाधिकारी, सदस्यहरु, सम्पूर्ण जनप्रतिनिधि, सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहनुभएको छ । समितिको सुरक्षाको जिम्मा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघलाई दिइएको छ ।

    कार्यक्रमको प्रेस संयोजकको रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियारलाई तोकिएको छ । सम्मेलनमा सांस्कृतिक प्रस्तुती तथ झांकीका लागि बिमलराज क्षेत्री, युवराज भुसाल तथा नेपाली काँग्रेस पैयुँलाई जिम्मा दिइएको छ ।

    क्षेत्रीय समितिका सभापति परविन गुरुङको सभापतित्वमा भएको बैठकमा नेपाली काँग्रेस पर्वतका निवर्तमान पार्टी सभापति खिमप्रसाद भुसाल, महासमिति सदस्य एवम् पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, फलेबास नगरपालिकाका नगरप्रुमख गंगाधर तिवारी, नेपाली काँग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुसाल, विभिन्न वडाका सभापतिहरु, वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं