SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/२० गते
    ४०८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।डी मोर्चा ब्याण्ड को भोकलिस्ट भाष्कध्वज श्रेष्ठले फरक क्षमता भएका फ्यान लाई आफ्नो ज्याकेट र चस्मा उपहार दिएका छन । शाररिक रुपमा अशक्त कु न पा ९ का रसिक श्रेष्ठ, करिब २ घण्टा लगाएर हिडेरै डी मोर्चा ब्याण्डको कन्सर्ट हेर्न दिनै भरि महोत्सवमा कुरेर बसेका थिए ।

    उनि ब्याडका प्रत्येक गितमा झुमिरहेका थिए । ब्याण्डले गाउँघरमा तिम्रो हाम्रो हल्ला चल्याको कुरा हो, झयाम्म झयाम्म ’ लगाएत गितहरु गाइरहेको थियो । उनि झुमेको देखेर, भोकलिस्ट भाष्कध्वज श्रेष्ठले उनलाई मञ्चमा बोलाए आफै सगैँ गाउन लगाए उनलाई पनि डी मोर्चा ब्याण्ड को सबै गित कठै रहेछन । भोकलिस्ट भाष्कध्वज श्रेष्ठल फ्यान लाई आफुले लगाएको ब्रन्डेट ज्याकेट र चस्मा उपहार लगाईदिए । आफ्नो फ्यान प्रतिको माया देखेर दर्शकहरु पनि उत्साहित भएका थिए । माहोल निकै रोचक र हेर्न लाएक थियो । डी( मोर्चा ब्याण्ड लाई यो अवसर प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवले जुराएको थियो ।

    पप संगीतसंगै ३ दशक अघि ¥यापसंगीत शुरु गरेको डिमोर्चा ब्यान्डले पर्वतमा पहिलो पल्ट प्रस्तुती राखेको हो । कुश्मामा जारी प्रदेश स्तरीय खेलकुद महोत्सवमा डिमोर्चा ब्यान्डले शनिवार आफ्नो प्रस्तुती राखेको थियो ।

    कुश्मामै पहिलो पल्ट सांगेतिक प्रस्तुती राखेको उक्त समूहले राती अबेरसम्म दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो । २०५२ सालमा स्थापना भएको डिमोर्चाले ¥याप प्याटनका गीतहरु गाउँदै आइरहेको छ । डिमोर्चाले २०५५ सालमा आफ्नो पहिलो एल्बम ‘खैलाबैला’ मार्फत राम्रै खैलाबैला मच्चाएको थियो । कुश्माको बडागाउँ खेलमैदानमा जारी महोत्सवमा डिमोर्चाले झ्याम्म झ्याम्म, खैलाबैला भो, तारा खसौली, यो डल्लीले, जन्मायौ प्रभु लगाएतका गीतहरु प्रस्तुत गरेका थिए ।

    मुख्य भोकलिस्ट भाष्करध्वज श्रेष्ठ सहितको टिमले प्रस्तुत गरेको कन्सर्टले महोत्सवको रौनक नै बदलेको थियो । महोत्सव आगामी माघ २४ गतेसम्म सञ्चालन हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं