SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१८ गते
    २७८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य सेवा केन्द्र नेपाल र गण्डकी मेडिकल कलेज पोखराको प्राबिधिक सहयोगमा बिहीवार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=tgawTFJNXLsFi_ND

    शिविरमा भँगरासँगै छिमेकी अन्य वडाका सहित २५० जना भन्दा वढीले स्वास्थ्य परिक्षण गरि लाभ लिएको समाजका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक नवीन क्षेत्रीले जानकारी दिए । विरामीहरुको अवस्था हेरी निःशुल्क औषधि वितरण गरिएको सम्पर्क समाजका अध्यक्ष खड्क बहादुर पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार निःशुल्क स्वास्थ्य शिविर भँगरामा तेश्रो पटक हो । निःशुल्क स्वास्थ्य शिविरले गाउँबाट शहर गई उपचार गर्न कठिन भएका विरामीहरुलाई विशेष राहत पुग्ने र थाहा नभएका रोगको पहिचान हुने भएकोले पुनः माग अनुसार शिविर सञ्चालनमा ल्याएको उनले भने ।

    शिविरमा जनरल फिजिशियन, दन्त रोग, स्त्रि रोग सम्बन्धि उपचार गरिएको थियो । गण्डकि मेडिकल कलेज पोखराका दक्ष डाक्टर तथा प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा परिक्षण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका वडा अध्यक्ष हितमान गुरुङ समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, कार्यक्रम सयोजक तथा निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, महाशिला गाउ पालिका वडा नं.६ का वडा अध्यक्ष गोबिन्द बहादुर बिक दुर्गम स्वास्थ्य सेवा नेपालका कोडिनेटर धर्म राज खडका लगायतले आफ्नो धारणा राखेका थिए । समाजका अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत मन्तब्य र सचिव अग्नि प्रसाद भुसालले कार्यक्रम संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं