
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ ।रास्ट्रपति रनिङ्ग शिल्ड बिजेताहरुलाई सम्मान तथा पुरस्कार र अक्षयकोषहरुमार्फत करिब छ लाख बराबरको रकम विभिन्न शीर्षकमा विद्यार्थीहरुलाई वितरण गर्दै मंगलबार बार्षिकोत्सव सम्पन्न भएको हो । त्यसैगरी विद्यालयका शिक्षकहरू दुर्गा अधिकारी, भीमनाथ रेग्मी, प्रकाश चापागाईं, संजय रेग्मी, भगवतीप्रसाद उपाध्याय र तोयानाथ उपाध्यायलाई शैक्षिक उन्नयन र विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको छ भने विद्यालयमा निरन्तर उपस्थित भएर सर सल्लाह सुझाव दिने अभिभावक लाई पनि सम्मान गरिएको छ ।
https://youtu.be/GIWL8V2f_io?si=21WAVF6xyP2RWp0_
विद्यालयलाई बिभिन्न भूमिकाले सहयोग गरेकोमा शिक्षक अभिभावक संघका अध्यक्ष दिपक अधिकारी र कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लमिछानेलाई पनि सम्मान गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिताउन योगदान गरेका शिक्षकहरु अच्युत पौडेल र कमलकान्त चापागाईलाई पनि सम्मान गरिएको छ । सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरु कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले विगतमा भइरहेको परम्परागत शिक्षा र अहिलेको प्राविधिक शिक्षाबिच धेरै भिन्नता भइरहेको छ बताए । प्रविधिमा रुचि तथा ज्ञान भएका शिक्षकहरू विद्यालयमा आवश्यकता भएकोले निवृत्तिभरणमा जाने बेला भएका शिक्षकहरू आफ्नै इच्छामा निवृत्तिभरणमा निस्कन अनुरोध गरे । यही आवश्यकता अनुसार कुश्मा नगरपालिकाले स्वर्णिम अवकाश योजना ल्याएको नगर प्रमुख जोशीको भनाइ छ । धेरै विद्यार्थी भएका ठाउँमा शिक्षक दरबन्दी कम भएको र विद्यार्थी कम भएको ठाउँमा शिक्षक काम विहीन भएर बसेको गुनासोका विषयमा बोल्दै उनले नारायण मा.वि. मा शिक्षक दरबन्दी कम नभएको तर जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालय भएका कारण थप शिक्षकको आवश्यकता परेको उल्लेख गरे ।
नगरपालिकाले विद्यालयहरूमा शिक्षक र विद्यार्थीको अनुपात मिलाउनको लागि पछिल्लो समयमा तथ्याङ्क लिएर विश्लेषण गरिरहेको उनको भनाई छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, अभिभावकको रूपमा कुश्मा नगरपालिका–६ का वडाध्यक्ष चुवाका वडाध्यक्ष सुरेन्द्र के.सी, वडा नं. ६ का वडाध्यक्ष ईश्वर गिरी कुश्मा नगरपालिकाकी निवर्तमान उपप्रमुख सिता काफ्ले लामिछाने, सहायक प्रधानाध्यापक विनोद सुवेदी, नागरिक समाजको तर्फबाट माधव पौडेल, पूर्व प्रधानाध्यापकहरू वसन्तबहादुर सि.के र पृथ्वीनारायण शर्मा, अभिभावकको तर्फबाट इन्द्र अधिकारीले शुभकामना मन्तव्य राख्दै विद्यालयले हालसम्म प्राप्त गरेका उपलब्धिहरूमा खुसी व्यक्त गरे । कार्यक्रममा प्रधानाध्यापक प्रकाश रिजालले विद्यालयको समग्र अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरे ।
राष्ट्रपति रनिङ शिल्ड लगातार तीन पटक जित्नु र शिल्ड नै विद्यालयको नाममा बनाउनु सामान्य कुरा नभएको उनको भनाइ छ । विद्यालयको भौतिक र प्रशासनिक विकासमा पछिल्ला दिनहरूमा उल्लेखनीय सुधार भएको बताउँदै प्रधानाध्यापक रिजालले विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि विभिन्न कामहरू भइरहेको बताए । यस्तै विद्यालयको आर्थिक अवस्था बारेको प्रतिवेदन लेखा कर्मचारी सदीक्षा आचार्यले प्रस्तुत गरिन् । कार्यक्रमको समापनको अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले पछिल्ला वर्षहरूमा विद्यालयले शिक्षाको क्षेत्रमा उल्लेखनीय सुधार र प्रगति गरेको बताए ।
विद्यार्थीहरूले लगातार उत्कृष्ट नतिजा हासिल गर्नु र साबिकको धौलागिरि अञ्चलमा सामुदायिक विद्यालयतर्फ प्रथम स्थान प्राप्त गर्नु विद्यालयको शैक्षिक क्षमताको प्रमाण रहेको उनको भनाई छ । शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपक अधिकारीले स्वागत मन्तब्य राख्दै शिक्षालाई जीवनोपयोगी बनाउन विद्यालय र अभिभावकहरुबीचको समन्वय आवश्यक रहेको बताए । बालबालिकाहरु काँचो माटोको रुपमा विद्यालयमा आउने भन्दै उनले उनीहरुलाई ज्ञानले परिपक्व बनाउने काम शिक्षकहरुबाट हुने उनको भनाइ छ । आफ्नो सम्पत्ति भनेको सन्तती नै भएकोले उनीहरुको उज्वल भविष्यको लागि लगानी गर्न सबै अभिभावकहरु तयार हुनुपर्ने अधिकारीले बताए ।
बार्षिकोत्सव कार्यक्रमको सञ्चालन शिक्षक अच्युत पौडेलले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया