SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१५ गते
    २५९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाका रहेका जलबिद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुका लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    https://youtu.be/GIWL8V2f_io?si=yg-Kun4i9IW6pLlB

    कार्यालयले पर्वतमा रहेका ३ वटा जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरुका लागि श्रम अधिकारका विषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बिमल लामिछानेले गाउँपालिका श्रमिकको अधिकार सुनिश्चित हुनुपर्ने भन्ने मान्यतामा सधै अडिग रहेको बताए । उनले श्रम अधिकारसंगै सरकारले ल्याएको सामाजिक सुरुक्षा कोषले दैनिक ज्यालादारी गर्ने, मजदुर बर्गको लागि निकै ठूलो उपलब्धि भएको समेत बताए ।

    कार्यक्रममा श्रम तथा रोजगार केन्द्र पोखराका बरिष्ठ श्रम अधिकृत सुरेश ढकालले श्रम अधिकारको विषयमा थाहा नपाउँदा श्रमिकहरुले सामूहिक सौदाबाजी गर्न नसकेको भन्दै श्रम अधिकारका कानून थाहा पाउँदा उनीहरुले अधिकार प्राप्त गर्न सहज हुने बताए । कानूनी ज्ञान नभएका कारण कतिपय श्रमिकहरु मर्कामा परीरहेको भन्दै औपचारिक रोजगारा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरे ।

    https://youtu.be/GIWL8V2f_io?si=yg-Kun4i9IW6pLlB

    कार्यक्रममा सामाजिक सुरक्षा कोष, श्रम विवाद समाधान, सामूहिक सौदाबाजी तथा सामाजिक सुरक्षा कोषको विषयमा प्रशिक्षण समेत प्रस्तुत गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा मध्य मोदी जलविद्युत आयोजना, तल्लो मोदी जलविद्युत आयोजना तथा तल्लो मोदी १ जलविद्युत आयोजनाका श्रमिक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं