SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१५ गते
    ४३८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन् । मन्त्री थापाले खेलकुद विकासकालागि महोत्सवले टेवा पुर्याउने बताएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=ZyP_ETKHkhh73SMq

    महोत्सवका मुल संयोजक हर्कमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, गण्डकी प्रदेश सभासद् भक्त कुवर नेपाली कांग्रेस पर्वतका उपसभापती डा चुडामणी शर्मा, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेकपा माओवादी केन्द्रका उमाकान्त भुर्तेल राप्रपाका प्रभु गुरुङ्ग, जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विक, उद्योग बाणिज्य संघका पर्वतका अध्यक्ष ठाकुर वि पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चर्चीत गायक तथा पत्रकार कृष्ण अखेलीले गर्नुभएको थियो ।महोत्सवमा लोक गायक आर सी पौडेल,चित्र सागर श्रेष्ठ, शिव पौडेल, सन्दीप बस्याल लगाएतले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

    महोत्सवको उद्घाटन सत्रमा झाकी सहितको र्यालीले महोत्सव स्थलबाट सुरु भई बजार परिक्रमा गरेको थियो । झाकीमा सहभागी क्लब, समूह,सांस्कृतिक,धार्मिक तथा शैक्षिक संघ संस्था,सरकारी तथा गैह्ररसरकारी कार्यालयहरू, सम्पूर्ण सुरक्षा निकाय, उद्योगी ब्याबसायी लगायत पर्वत जिल्लामा सक्रिय सम्पूर्ण संघ संस्था र आम जनसमुदायहरूलाई आफनो पहिचान झल्कने भेषभूषा सहित सहभागिता रहेको थियो ।

    महोत्सवमा राष्ट्रिय स्तरका कलाकार दुर्गेश थापा, प्रकाश दुतराज, खेमसेन्चुरी, प्रीति आले, श्याम राना, र्यापर टुकी तथा अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहने प्रचारप्रसार संयोजक गोबिन्द रिजाल जानाकारी दिएका छन् ।

    खेलकुद महोत्सबमा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता,गण्डकी प्रदेश स्तरीय महिला र पुरुष तेक्वान्दो प्रतियोगिता ,१५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र,छात्रा कबड्डी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता ९पुरुष०,पर्वत जिल्ला स्तरीय कराँते प्रतीयोगिता, खुल्ला रत्यौली गीत प्रतियोगिता,भजन प्रतियोगिता पर्वत डान्स आईडल प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समिति सदस्य राजन गुरुङले जानकारी दिएका छन् ।

    महोत्सवमा कुल रकम १ करोड आम्दानी सकंलन गर्ने उद्देश्य राखिएको छ भने लगभग ८५ लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ । महोत्सवमा बचत भवन बनाउन प्रयोग गरिने छ । महोत्सव हेर्न आउने बाल बालिका तथा बृद्दलाई निशुल्क प्रवेश दिईने छ । टिकेट शुल्क १०० रहेको छ भने मुख्य कलाकार आएको बखतमा २०० र बिद्यार्थीलाई ७० लाग्ने आयोजकले जनाएको छ ।महोत्सव माघ २५ गते सम्म हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं