SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१४ गते
    १७९ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर पोखरा। गायत्री बहुद्घेश्यीय सिकाई केन्द्र, पोखरा १९ ले फोहर व्यवस्थापन सचेतना सहित कम्पोष्ट विन वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नं १९ को आर्थिक सहयोगमा भएको सो कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफ्नो वरपर रहेका फोहरजन्य सामाग्रीको उचित व्यवस्थापन भए मात्र मानव समाज स्वस्थ बन्ने बताउनु भयो । उहाँले फोहर बर्गिकरणका विषयमा प्रत्येक विद्यालय र वडाभित्रका संघ संस्थाले सचेतना जगाउन आवश्यक रहेको भन्दै, त्यस्ता कार्यमा केन्द्रित हुन सुझाव दिनुभयो ।

    https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz

    सिकाई केन्द्रका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एल एन्जल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन वहादुर केसी, विन्धेश्वरी माविका प्रधानाध्यापक श्रीराम आचार्य, केन्द्रका सल्लाहकार लेखनाथ लामिछाने, एमाले वडा कमिटीका अध्यक्ष कोमल प्रसाद बास्तोला र नेपाली कांग्रेस वडा सभापति विष्णु प्रसाद बास्तोला लगायतले फोहर व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै, फोहरजन्य समस्या समाधानमा सवै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष पौडेलले फोहोर व्यवस्थापन विश्वव्यापी समस्या भएकाले यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्ने स्पष्ट पार्दै, वर्तमान समयको शिक्षण सिकाइ व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो।

    https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz

    कम्पोष्ट विनको प्रयोग र फोहोर व्यवस्थापन सम्बन्धमा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद गौतमले सहभागीलाई प्रशिक्षण समेत दिनुभएको थियो । सो अवसरमा केन्द्रले वडा भित्रका दशओटा सामुदायिक तथा गुठी अन्तर्गतका विद्यालयहरुमा कम्पोष्ट विन र डस्टबिन हस्तान्तरण गरेको संस्थाको परिचालिका पवित्रा शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागी विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले समुदाय केन्द्रित तालिम र अभियान संचालन गर्न केन्द्रलाई सुझाव दिएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=ewLk2Neof-hRPUdz

    परिचालिका पवित्रा शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन उपाध्यक्ष वैकुण्ठ पौडेलले गर्नुभएको थियो । केन्द्रले वडाभित्र शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    अध्यक्ष पठान द्वारा आयोगका कार्यवाहक अध्यक्ष लाई मुस्लिम समुदायको बारेमा ध्यानाकर्षण

    अजय मिश्र ,कपिलवस्तु ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं