SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१४ गते
    ४४८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको  उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक हर्कमान गुरुङले खेलकुदको बिकास र पर्यटन प्रवद्वनको मुख्य उदेश्यले महोत्सब गर्न लागिएको बताउनुभयो ।

    महोत्सवको उद्घाटन सत्रमा हुने झाकी सहितको र्यालीले भोलि बिहान ११ बजे महोत्सव स्थलबाट सुरु भई बजार परिक्रमा गर्ने छ । झाकीमा सहभागि हुन क्लब,समूह,सांस्कृतिक,धार्मिक तथा शैक्षिक संघ संस्था,सरकारी तथा ग़ैरसरकारी कार्यालयहरू,सम्पूर्ण सुरक्षा निकाय,उधोगी ब्याबसायी लगायत पर्वत जिल्लामा सक्रिय सम्पूर्ण संघ संस्था र आम जनसमुदायहरूलाई आफनो पहिचान झल्कने भेषभूषा सहित उपस्थितिको लागी अनुरोध गरिएको र्याली तथा झाकी संयोजक सम्झना पौडेलले जानकारी दिनु भयो ।

     

    महोत्सवमा राष्ट्रिय स्तरका कलाकार दुर्गेश थापा, प्रकाश दुतराज, खेमसेन्चुरी, प्रीति आले,श्याम राना,र्यापर टुकीू तथा अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहने प्रचार प्रसार संयोजक गोबिन्द रिजालले जानकारी दिनुभयो । सास्कृतिक कार्यक्रममा स्थानिय कलाकारलाई प्रथामिकता दिइने आयोजकले जनाएको छ ।

    महोत्सबमा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता,गण्डकी प्रदेश स्तरीय महिला र पुरुष तेक्वान्दो प्रतियोगिता ,१५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र,छात्रा कबड्डी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता (पुरुष),पर्वत जिल्ला स्तरीय कराँते प्रतीयोगिता , खुल्ला रत्यौली गीत प्रतियोगिता,भजन प्रतियोगिता पर्वत डान्स आईडल प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समिति सदस्य राजन गुरुङले जानकारी दिनुभयो ।

    महोत्सवमा कुल रकम १ करोड आम्दानी सकंलन गर्ने उद्देश्य राखिएको छ भने लगभग ८५ लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ । महोत्समा बचत रहेको रकम आफ्नै भवन बनाउन प्रयोग गरिने छ ।महोत्सव हेर्न आउने बाल बालिका तथा अपांग अशक्तलाई  निशुल्क प्रवेश दिईने छ । टिकेट शुल्क १०० रहेको छ भने बिध्याथीलाई ७० लाग्ने छ ।

    महोत्सब सफल पार्न सबैले आआफ्नो ठाउँ सहयोग गनुहुनेछ भन्ने आशा राखेको खुल्ला रत्यौली गीत प्रतियोगिता संयोजक हेमा जि सीे ले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं