
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत ।जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गर्नुहुने मुल संयोजक हर्कमान गुरुङले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा बोल्दै मुल संयोजक हर्कमान गुरुङले खेलकुदको बिकास र पर्यटन प्रवद्वनको मुख्य उदेश्यले महोत्सब गर्न लागिएको बताउनुभयो ।
महोत्सवको उद्घाटन सत्रमा हुने झाकी सहितको र्यालीले भोलि बिहान ११ बजे महोत्सव स्थलबाट सुरु भई बजार परिक्रमा गर्ने छ । झाकीमा सहभागि हुन क्लब,समूह,सांस्कृतिक,धार्मिक तथा शैक्षिक संघ संस्था,सरकारी तथा ग़ैरसरकारी कार्यालयहरू,सम्पूर्ण सुरक्षा निकाय,उधोगी ब्याबसायी लगायत पर्वत जिल्लामा सक्रिय सम्पूर्ण संघ संस्था र आम जनसमुदायहरूलाई आफनो पहिचान झल्कने भेषभूषा सहित उपस्थितिको लागी अनुरोध गरिएको र्याली तथा झाकी संयोजक सम्झना पौडेलले जानकारी दिनु भयो ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकार दुर्गेश थापा, प्रकाश दुतराज, खेमसेन्चुरी, प्रीति आले,श्याम राना,र्यापर टुकीू तथा अन्य चर्चित कलाकारहरुको प्रस्तुती रहने प्रचार प्रसार संयोजक गोबिन्द रिजालले जानकारी दिनुभयो । सास्कृतिक कार्यक्रममा स्थानिय कलाकारलाई प्रथामिकता दिइने आयोजकले जनाएको छ ।
महोत्सबमा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ,खुल्ला महिला भलिबल प्रतियोगिता,गण्डकी प्रदेश स्तरीय महिला र पुरुष तेक्वान्दो प्रतियोगिता ,१५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र,छात्रा कबड्डी प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेल प्रतियोगिता (पुरुष),पर्वत जिल्ला स्तरीय कराँते प्रतीयोगिता , खुल्ला रत्यौली गीत प्रतियोगिता,भजन प्रतियोगिता पर्वत डान्स आईडल प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समिति सदस्य राजन गुरुङले जानकारी दिनुभयो ।
महोत्सवमा कुल रकम १ करोड आम्दानी सकंलन गर्ने उद्देश्य राखिएको छ भने लगभग ८५ लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ । महोत्समा बचत रहेको रकम आफ्नै भवन बनाउन प्रयोग गरिने छ ।महोत्सव हेर्न आउने बाल बालिका तथा अपांग अशक्तलाई निशुल्क प्रवेश दिईने छ । टिकेट शुल्क १०० रहेको छ भने बिध्याथीलाई ७० लाग्ने छ ।

महोत्सब सफल पार्न सबैले आआफ्नो ठाउँ सहयोग गनुहुनेछ भन्ने आशा राखेको खुल्ला रत्यौली गीत प्रतियोगिता संयोजक हेमा जि सीे ले बताउनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया