SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१३ गते
    १७६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार उनीहरुलाई कुश्मा बजारबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले कुश्मा ५ बडागाउँबाट १ महिला सहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

    पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका वडा नं २ जन्मस्थान भई नवलपरासी गैँडाकोट नगरपालिका वडा नं ८ घर भएका वर्ष २२ का विक्रम परियार र जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं १२ ठूलीपोखरी बस्ने वर्ष २१ की सिमाना परियार पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय, पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका वडा नं ५ वडागाँउस्थितमा लागु औषधको कारोवार भइरहेको सूचनाको आधारमा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

    उनीहरूको साथबाट डाइजिपान लेखिएको झोल लेखिएको झोल सहितको २० थान एम्पुल, विभिन्न कम्पनीको मोबाइल २ थान , ना ३७ प। ९९१५ नम्बरको सेतो रङको मोटरसाइकल र विभिन्न दरका नोटहरू जम्मा नगद ५० हजार ६८० रुपैयाँ बरामद गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    अध्यक्ष पठान द्वारा आयोगका कार्यवाहक अध्यक्ष लाई मुस्लिम समुदायको बारेमा ध्यानाकर्षण

    अजय मिश्र ,कपिलवस्तु ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं