SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/१३ गते
    १८३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), सपराज राइ, सचिवमा योजेन्द्र वाग्ले, सह सचिव हरि कँडेल, उदयराम जैसी, रुद्र फुँयाल रहेका छन भने कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् ।

    https://youtu.be/GIWL8V2f_io?si=0Nx1mfKWF9TlQvrc

    यसैगरी सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष),जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले जानकारी दिएका छन् ।

    कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।

    आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको नवनिर्वाचित अध्यक्षले जानकारी दिए।

    राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । सो अवसरमा उनले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

    पोखरा ।गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।...

    अध्यक्ष पठान द्वारा आयोगका कार्यवाहक अध्यक्ष लाई मुस्लिम समुदायको बारेमा ध्यानाकर्षण

    अजय मिश्र ,कपिलवस्तु ।जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष...

    सुन्तला पारखीका लागि पर्वत महोत्सवमा सुन्तला खाने प्रतियोगिता हुँदै

    पर्वत । के तपाई सुन्तलाको पारखी हनुहुन्छ, तपाईलाई सुन्तला कत्तिको मन पर्छ । सुन्तला खान...

    काँग्रेसका पूर्व सभापति गुरूङको प्रतिनिधिसभामा चुनाव लड्ने इच्छा

    पर्वत। नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि...

    पर्वतमा लागु औषध सहित दुई जना पक्राउ

    पर्वत । पर्वतमा लागु औषध गाँजा, चरेस र आलो मासु सहित दुई जना व्यक्ति पक्राउ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं