
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
३प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
४शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
५बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
६महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए ।
https://youtu.be/GIWL8V2f_io?si=aGdUjTNDhxRlsoKL
‘एक्टर: टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । भुसाल भन्छन्, “चलचित्र भनेको कथा वाचन मात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो चलचित्रले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।”
चलचित्रको एक महत्त्वपूर्ण भूमिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् । यस चलचित्रमा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेर्छन् । केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टर: टेक वन’ मा अभिनय गर्नुलाई दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानिएको छ ।
“राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो । तर, उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र चलचित्रको पर्खाइ गर्नुभएको थियो । यो चलचित्रले उहाँलाई त्यो अवसर दिएको छ,” भुसालले बताए ।
चलचित्रको ट्रेलरमा अभिनेता प्रदिप खड्काको सङ्घर्ष र कलाकार बन्ने सपनाको चित्रणले दर्शकलाई आकर्षित गरेको छ । यसले सफलता प्राप्त गर्ने प्रक्रियामा अभिनेताले कठिनाइको सामना गर्नुपरेको देखाउँछ । यद्यपि, यो प्रस्तुतीकरणले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्न सक्ने प्रश्नलाई भुसालले खण्डन गरे । “यो चलचित्रले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ‘ड्रामा थ्रिलर’ श्रेणीमा रहेको यो चलचित्रले कलाकारहरूको व्यक्तिगत वा पेसागत छवि बिगार्ने काम गर्नेछैन,” भुसालले प्रस्ट्याए ।
निर्देशक भुसालको दृढ विश्वासको आधारमा ‘एक्टर: टेक वन’ ले प्राविधिक र कथात्मक रूपमा नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सक्ने अपेक्षा गर्न सकिन्छ । चलचित्रप्रति दर्शकको चासो र उत्सुकता बढ्दै जाँदा, माघ १६ लाई सबैले प्रतीक्षाको दिनको रूपमा हेरेका छन् ।
https://youtu.be/GIWL8V2f_io?si=MX6ERJB8wZonpwQr
यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया